Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

१० बर्ष कोरियामा श्रम गरी फर्किएको २ महिना नवित्दै एक यूवकले गरे आत्महत्या !

सिओल

ईपिएस मार्फत रोजगारीका लागी दक्षिण कोरिया आएर १० वर्ष काम गरि गत नोभेम्बर १६ तारिख नेपाल फर्किएका गोकर्ण राउतको पुस २२ गते शुक्रबारका दिन मुत्यु भएको छ ।

राउत बाह्रबिसे स्थित सिम्लेमा रहेको आफ्नै घरमा झुन्डिएको अवस्थामा शुक्रबार फेला परेका हुन् । उनी १० वर्ष कार्यकाल सकिन २ महिना बाँकी रहंदै गत महिना नेपाल फर्किएका थिए। तर नेपाल फर्किएको ५५ दिन नबित्दै शुक्रबार अन्दाजी १२ बजेको समयमा उनी आफ्नै घरमा झुन्डिएको अबस्थामा फेला परेको स्थानीयले बताएका छन् ।

घरमा श्रीमान,श्रीमती रहेको बेला उनले आफ्नी श्रीमतीलाई बाहिर काम गर्नु म खाजा बनाउछु भन्दै घरभित्र पसेका थिए सोही समयमा उनले डोरीको पासो बनाई झुन्डिएर आ’त्मह’त्या गरेको परिवार श्रोतले बताएको छ।

उनको श’व शुक्रबारनै प्रहरीले पोस्टमार्टम गरिसकेपछि बाह्रबिसेको शुनकोशी मन्दिर नजिकैको आर्यघाटमा अन्त्यष्टि गरिएको थियो । मृतक राउतको श्रीमती, एक छोरा र एक छोरी गरि दुई सन्तान छन् ।

सलनालमा कोरियाको सिओल ‘महापुरुषमय’ हुने !

कोरियाको राजधानी सिओलमा नेपाली चलचित्र महापुरुष प्रदर्शन हुने भएको छ।कोरियाली नयाँ बर्ष ‘सलनाल’ मा राजधानी सिओल महापुरुषमय हुने भएको आयोजक हेल्लो कोरिया ग्रुपले बताएको छ।

सलनालको अवसर पारेर आउदो जनवरी २२ तारिखका दिन यो चलचित्र प्रदर्शन हुन लागेको हो।सलनालमा लामो बिदा हुने भएको र महापुरुष चलचित्र सर्वाधिक रुचाईएको चलचित्र भएकाले यहाँका कोरियाबासी नेपालीहरुलाई फुर्सद हुने समय पारेर यो चलचित्र प्रदर्शन गर्न लागिएको आयोजक ले बताएको छ।

महापुरुष यस वर्षकै सर्वाधिक सफल नेपाली चलचित्र हो ।फिल्ममा लोकप्रिय हास्य कलाकारहरु मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य, गौरी मल्ललगायत कलाकारको अभिनय रहेको छ ।

पारिवारिक कथावस्तुमा निर्माण भएको चलचित्रमा माया, घृणा, संवेदना, रोमान्स र विद्रोहका अनेक आयामलाई समावेश गरिएको छ । श्रीमती गुमाएको पुरुष पात्र छोराको बिहेको तयारीमा जुट्नुपर्ने बेला बुढेसकालमा आफ्नै विवाह गर्न लागेपछि परिवारमा आउने उतारचढाव नै चलचित्रको मुख्य कथावस्तु बनेको छ ।

चलचित्रमा रवीन्द्र सिंह बानियाँ, राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराइली, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकारलगायत कलाकारको अभिनय छ ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म ‘महापुरुष’ ले नेपालमा ५१ दिन लामो प्रदर्शनको कीर्तिमानी बनाएको छ । चलचित्रका निर्माता दिपेश खत्री हुन् । कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ रहेका छन् ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय