Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

क्रिसमशमा सउल आसपास घुम्नैपर्ने ठाउँहरु !

 

गुरुदत्त न्यौपाने /कोरिया

हरेक बर्षको अन्तिम चाड क्रिशमस तथा नयाँ बर्षको स्वागतका लागी यतिबेला कोरिया दुलहीजस्तै सिँगारीएको छ।यो समयमा कोरियाका हरेक ठाउँहरुमा क्रिशमश ट्रि तथा त्यसमा लगाईएका रंगिन बत्तिहरुले झिलिमिली छ।यो समयलाई कोरियाको घुम्नको लागी उत्तम समय पनि मानिन्छ।बिगतका बर्षहरुमा जस्तै यो बर्षपनि कोरियाका धेरै ठाउँहरुमा लाईट फेश्टिभल तथा क्रिशमस सेलिब्रेशन आयोजना भएका छन।

सउल कहिल्यैपनि ननिदाउने सहरको रुपमा परिचित छ।यहाँ अन्य सामान्य बेलामा पनि रंगिचङ्गी झिलिमिली नै हुन्छ तर क्रिशमसको बेला यहाँ अझै बढी रंगिचङ्गी हुने गर्दछ।यहाँका हरेक ठाउँहरुमा आयोजना गरिने लाईट उत्सब (लाईट फेश्टिभल) तथा लाईटको सजावटले हर कोही लाई मन्त्रमुग्ध बनाउँछ।

के तपाईहरु यसपालीको क्रिशमस डे मा कहाँ जानेहोला भनेर अन्योलमा हुनुहुन्छ?यदि त्यसो हो भने हामी तपाईहरुलाई सउल आसपासका केही प्रसिद्द ठाउँहरुको बारेमा जानाकारी दिनेछौँ।

१ . लोट्टे वोर्ड लाईट फेस्टिभल

सउलको एकमात्र ईन्डोर थिम पार्क लोट्टे वोर्डले हरेक बर्ष नोभेम्बर २३ देखी डिसेम्बर ३१ सम्म क्रिशमस तथा नयाँ बर्षको अबशर पारेर क्रिशमस लाईट फेश्टिभल आयोजना गर्दछ।त्यस पार्कमा बेलुकीको समयमा घुम्न अझै मज्जा हुन्छ।बेलुकी बिभिन्न साँस्कृतिक झाँकी,नृत्य,कला प्रदर्शन सहित रंगिन लाईटहरुको दृश्यावलोकन गर्न सकिन्छ।त्यहाँ स्नो क्यासल लाई सयौँ थरि लाईटहरुले झिलिमीली पारिन्छ भने भित्र रेहेको मिराकल ट्रि तथा सान्टा क्लजसंग फोटो खिच्ने त्यहाँको प्रमुख आकर्षण हुन।त्यहाँ जानको लागी सउल मेट्रो लाईन नम्बर २ को जाम्सिल स्टेसनमा झरेर जान सकिन्छ।

२ . एभरल्यान्ड गोल्डेन लाईट ईल्युमिनेसन फेस्टिभल

एभरल्याण्ड सम्भवत कोरियामा सबैभन्दा प्रख्यात र सबैभन्दा ठूलो मनोरञ्जन पार्कहरू मध्ये एक हो। यस वर्षको “गोल्डन इल्मिनेशन” को

साथ, एभरल्यान्डले लाइटहरू र आतिशबाजीको शानदार प्रदर्शनको आयोजना गरेको छ।जहाँ तपाईंहरु क्रिसमसको ईभको पुरापुर मनोरन्जन लिन सक्नुहुनेछ।

त्यहाँ यसबर्षको क्रिसमस उत्सवको मुख्य आकर्षण भनेको “ब्लिङ ब्लिङ गोल्ड गार्डन” हो जहाँ हजारौँ चम्किला गोल्डेन बत्तीहरू बलेको अनुपम सुन्दर साम्राज्य देख्न सकिनेछ। तपाइका क्यामेराहरू बाहिर निकाल्नुहोला किनभने तपाईको यो वर्षको सर्वश्रेष्ठ फोटो डेस्टिनेशन एभरल्यान्ड गोल्डेन लाईट ईल्युमिनेसन फेस्टिभल हुनेछ।यो फेस्टिभल नोभेम्बर १५ देखी मार्च १ तारिखसम्म चल्दछ।त्यहाँ जानको लागी सुवनबाट बुन्दाङ सन लाईन (पँहेलो लाईन) बाट चढेर खिहुङ स्टेशनबाट ट्रान्सफर गरी हरियो एभरल्यान्ड लाईन को अन्तिम स्टेशन ‘एभरल्यान्ड’ स्टेशनमा झरेर जान सकिन्छ।

३ . म्यङदोङ लाईट फेश्टिभल

कोरियाको सबैभन्दा प्रख्यात सपिङ लोकेशन म्यङदोङमा पनि हरेक बर्ष क्रिशमसको पुर्वसन्ध्यामा लाईट फेश्टिभल आयोजना हुन्छ।हजारौँ थरी लाईट तथा क्रिशमश ट्रि ले सजिएको हुन्छ यो ठाउँ।म्यङदोङ क्रिशमस बाहेक अन्य दिनहरुमा पनि अत्यन्तै भिडभाड हुने ठाउँ हो।त्यहाँ स्ट्रिट फुडहरुको पनि मज्जा लिन सकिन्छ

क्रिशमस ईभको रात यहाँ मान्छेहरुको अत्यन्तै भिडभाड हुने हु्न्छ।यो ठाउँमा कोरियनहरु मात्र नभएर विदेशीहरु पनि शपिङकै लागी भनेर आउने गर्छन।बिभिन्न कस्मेटिक सामान किन्न आउनेहरुको भिड हुने गर्छ।क्रिशमशको बेलामा स्ट्रिट फेस्टिभल हुनेहुँदा यो ठाउँ तपाईहरुको घुम्ने डेस्टिनेशनको हट लिस्टमा आउन सक्छ।त्यहाँ पुग्नको लागी सउल मेट्रो लाईन नम्बर ४ को म्यङदोङ स्टेशनमा झरेर घुम्न सकिन्छ।

४ . ख्वाङ्ह्वामुन प्यालेस :

ख्वाङ्ह्वामुन बाट नजिकै रहेको कोरियाको प्रख्यात घुम्ने ठाउँ हो छाङ्गेछन ।यहाँ हरेक सिजनमा घुम्ने मानिसहरुको भिडभाड हुने यो ठाउँमा कृशमसको सिजनमा झन रमाईलो हुन्छ।यो ठाउँमा कृशमस ट्रि लगायत बिभिन्न कलरका लाईट संगै झिलिमिली सहित कृशमस ईभ मनाईन्छ।यहाँ जान पनि सउल सव वे ५ नम्बर 광화문 र १ नम्बर लाईन सिछङ बाट समेत जान सकिन्छ।

फोटो फिचर

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय