Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

सुपरडुपर चलचित्र “महापुरुष” कोरियामा प्रदर्शन हुँदै

सउल दक्षिण कोरिया ,
 यस बर्षको सुपरडुपर चलचित्र ” महापुरुष” कोरियामा  प्रदर्शन हुने भएको छ । यस बर्षको  अत्यन्तै सफल चलचित्र ” महापुरुष” अहिले पनि नेपालका हलहरुमा 8 औं हप्तामा चलिरहेको छ । आठौं हप्तामा पनि दर्शकहरुमा कमि आएको छैन ।
नेपाली सिनेमाको प्रवर्द्धन ,बिकास , र नेपाली चलचित्रमा आवद्द हुनेहरुको मनोवल बढाउनुको साथै चलचित्रलाई विश्वब्यापिकरण अर्ने उद्देश्यका साथ चलचित्र “महापुरुष” लाई  कोरियामा प्रदर्शन गर्न लागिएको कोरियाका लागि चलचित्र बितरक हेल्लो कोरिया ग्रुपले जनाएको छ ।
प्रवासी भुमिमा रहेर नेपालको राष्ट्रियता , भेषभुषा,कलासंस्कृतिको सम्बर्द्धन तथा प्रचारप्रसार ,मौलिक कलाको जगेर्नामा लागि पर्ने नेपालीहरुले आफ्नो राष्ट्रको मायाको खातिर पनि यस चलचित्रलाई हेर्ने विश्वासका साथ कोरियाको राजधानीमा चलचित्र प्रदर्सन गर्न लागीएको आयोजक टिमले जनाएको छ ।
स्मरण रहोस यस बर्षको सबैभन्दा धेरै दिन हलमा प्रदर्शन हुने चलचित्र महापुरुषले रेकर्ड राखेको छ भने अहिले पनि दर्शको उल्लेख्य सहभागी भएर  बेजोड  रुपमा प्रदर्शन भईरहेको छ ।
नेपाली चलचित्रलाई माया गर्ने सम्पुर्ण नेपालीहरुले साथ दिनको लागि आयोजकले अनुरोध गरेको छ ।
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय