Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

राष्ट्रिय कलाकारको साथमा सलनालमा सांस्कृतिक कार्यक्रम गर्दै ताप्लेजुङ्ग सम्पर्क समिति दक्षिण कोरिया

सिओल दक्षिण कोरिया,

कोरियन नयाँ वर्ष सलनालको अवसर पारेर ताप्लेजुङ सम्पर्क समितिद्वारा “ताप्लेजुङ कञ्चनजंघा सांगीतिक धमाका २०२३” कारक्रम गर्ने भएको छ। उक्त कार्यक्रमको प्रचारप्रसारको निमित्त कोरियाको राजधानी सिओलमा एक कार्यक्रम गरि पोस्टर सार्वजनिक गरिएको छ।

ताप्लेजुङ जिल्लाको विकट क्षेत्रको शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको अध्यक्ष सागर माङ्मूले जानकारी गराएका छन्। नेपालबाट आमन्त्रण गरिएका लोकप्रीय कलाकारहरु गायक प्रमोद खरेल, गायक खगेन्द्र याक्सो, हाँस्यकलाकार भरतमणी पौडेल, गायिका एलिना चौहान र अभिनेत्री तथा डान्सर रियासा दाहालको बेजोड प्रस्तुति रहनेछ।

 

सलनालको दोश्रो दिन जनवरी २२ आइतबार आयोजना गरिने उक्त कार्यक्रम सौल स्थित 서울 성북구 활랑로 13 길 144 하월곡동 산 2-1 (지번) (성북구민체육관) हलमा हुने आयोजकले जनाएको छ। कार्यक्रम स्थल जानको लागि दोङ्देमुन २/३ नम्बर गेटबाट बसको व्यवस्था रहनेछ भने ट्रेन लाइन नं ६ 월곡역 को ३ नम्बर गेटबाट ५ मिनेट पैदल पनि जान सकिनेछ।

पोस्टर सार्वजनिक कार्यक्रमा पूर्वाञ्चल सरोकार समाजका कार्यबाहक अध्यक्ष गजेन्द्र सेर्मा, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु र सल्लाहकारहरुको उपस्तिथि रहेको थियो।
कोरोना कहरका कारण विगत २ वर्षदेखि कोरियामा बृहत सांगीतिक कार्यक्रमहरु भएका छैनन्।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय