Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

दक्षिण कोरियाका भाइरल खेलाडी, जसलाई बिहेका हजाराैं प्रस्ताव आएपछि फोन अफ गर्नुपर्‍यो

का जारी फिफा विश्वकप २०२२ मा अहिले नकआउट चरणको खेल भइरहेको छ । मंसिर ४ गतेबाट सुरु भएको यो खेल १५ औँ दिनसम्म आउँदा रोमाञ्चक बन्दै गएको छ । विशेषगरी नयाँ खेलाडीले विश्वकप खेल्दा पाएको चर्चाले खेललाई थप आकर्षक बनाएको छ । अघिल्लो साता सर्बिया विरुद्ध गोल गर्ने ब्राजिलियन खेलाडी रिचार्लिसनको इन्स्टाग्राममा एक ‍रातमै ४० लाख फलोअर बढेका थिए ।

यसपटक भने दक्षिण कोरियाका अर्का स्टाइकर चर्चामा आएका छन् । यसो त दक्षिण कोरियाले यस वर्ष विश्वकपमा राम्रो प्रभाव जमाएको छ । अर्कोतर्फ उक्त टिमका स्टाइकर चो गुए-सङको छुट्टै चर्चा छ । सङले गत सोमबार घाना विरुद्धको खेलमा दुई गोल गरेका थिए । तर, उनको चर्चा गोलले भन्दा पनि उनको लुक्सले गर्दा भइरहेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार पप-स्टार जस्तो लुक भएका गुए-सङ अहिले ह्याण्डसम फुटबलरका रूपमा इन्टरनेटमा चर्चित बन्दै गइरहेका छन् ।

यही चर्चाका कारण उनलाई दैनिक हजारौं बिहेका प्रस्ताव आउन थालेपछि फोन नै अफ गर्नुपर्ने अवस्था आएको छ । विश्वकप सुरु हुनुअघि सङको इन्स्टाग्राममा २० हजार हाराहारीमा फलोअर रहेका थिए । यो समाचार तयार पार्दासम्म उनको अकाउन्टमा २१ लाख फलोअर भइसकेका छन् ।

Trip

उनलाई मेन्सन गर्दै ट्वीटरमा कैयौंले बिहेको प्रस्ताव राखेका छन् । एक ट्वीटर प्रयोगकर्ता लेख्छिन्, “जब मैले सबैभन्दा पहिले उनको अकाउन्ट देखेको थिएँ त्यसमा ४० हजार फलोअर थिए । रातारात उनले लाखौं फलोअर पाएका छन् । चो-गुए-सङ, तिमीले राम्रो गोल गर्दै इतिहास बनायौं । अब मेरो बिहेको प्रस्ताव स्वीकार गर ।”

उनले लगाउने जर्सी (जर्सी नं. ९), उनको नाम अहिले सामाजिक सञ्जाल टिकटकमा समेत भाइरल छ । उनको नामको ह्याश्ट्यागमा १९ करोड ३० लाख बढी भ्युज छ । दक्षिण कोरियाली पत्रकार यिम ह्युन-सुले ट्वीटरमा चो गुए-सङ बसेको भिडिओ अपलोड गरेका थिए । उक्त भिडिओमा चो हात बाँधेर बसिरहेको र हातले गाला मुसारिरहेको देखिन्छन् । यिमले पहिले नै सङले राम्रो सङ्ख्यामा फलोअर पाउने विश्लेषण गरेका थिए । उनको विश्लेषण सही सावित भएको छ ।

यिमले अपलोड गरेको क्लिप पनि ७० लाख बढि पटक हेरिएको छ । उनको नाम इन्टरनेटका विभिन्न प्लेटफर्ममा ट्रेण्डिङमा छ । गुगलमा उनको नाम सर्च गर्दा ‘चो’ लाई मनपर्ने महिलाहरू, ‘चो’ को डेटिङ, ‘चो’ को बिबाह जस्ता जिज्ञासा बढी खोजेको देखिन्छ । उनलाई समर्थकले विभिन्न कोरियाली कलाकारसँग पनि तुलना गरेका छन् ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय