Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

“GKS द्वारा  किम्हेमा अहिले सम्मकै ठूलो धनराशीको फुटसल प्रतियोगिता आयोजना” 

  सउल दक्षिण कोरिया ,
GKS द्वारा २०२२ अक्टोबर ९ तारिक का दिन कोरियाको राजधानि सउल पछि नेपालि समुदाय भेला हुने शहर गिम्हेमा फुटसल प्रतियोगिताको आयोजना गर्न लागेको छ । नेपालमा रहेका  सडक बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको मामाघर नेपाल सहयोगार्थ “गिम्हे गोल्डकप” को नाममा आयोजना गरिएको यश प्रतियोगिताबाट संकलित  नाफाबाट नेपालको  सडक बालिकाको उद्दारमा खटिएको मामाघर नेपाललाई  सहयोग गर्ने उद्देश्य राखिएको छ ।
कोरियामा नेपालि समुदायका  फुटबल खेलाडिहरु माझ  लोकप्रिय बन्दै आईरहेको फुटसल प्रतियोगिता यश अगाडि कोरियाको राजधानीमा गरिएको थियो । भने यो किम्हेमा हुनेछ ।  यसैबिच GKS द्वारा आयोजित यस प्रतियोगीको बिजेताले अहिले  सम्मकै ठूलो धनराशी हात पार्नेछ । यस प्रकारका प्रतियोगीताले नेपाली समुदायलाई थप एकीकरण तथा आपसी भाईचारालाई मजबुत बनाउने  कोरियामा रहेका फुटबल क्लवहरु बिच
अझै उत्साह जाग्ने कुरामा मद्दत पुर्याउने  GKS  का संस्थापक श्री प्रशान्त राज बानियाँ बताउनुहुन्छ। यश प्रतियोगिताको बिजेतालाई  ३५ लाख वन सहित ट्रफि+मेडल+प्रमाणपत्र, द्वितीय हुनेलाई  २० लाख वन सहित ट्रफि+मेडल+प्रमाणपत्र, सान्तवना स्वरुप  दुई टिमलाई ७लाख वन+प्रमाणपत्र लगायत अन्य बिधामा पनि पुरस्कार रहने आयोजकले बताएको छ ।
यस प्रतियोगितामा समाबेश हुन सेप्टेम्बर ३ तारीख देखि टिम दर्ता गर्न सकिनेछ ।  प्रतियोगितामा द. कोरियामा हुने धेरै भन्दा धेरै  फुटबल क्लब,सबै जातिय-क्षेत्रीय समुदाय,व्यापारि,विधार्थि लगायत सवैले टिम दर्ता  लगायत खेलमान्यानो  सहभागिता जनाउबे आयोजकले निमन्त्रणा गरेको छ ।   आयोजकका अनुसार यो फुटसल प्रतियोगिता यसअघि तामाङ संघ ख्यङ्साङ  र तमुधिं ख्यङ्साङले आयोजना गरेकै फुटसल मैदान मै हुने कुरा पनि आयोजक बाट प्राप्त भएको छ।प्रतियोगिताको थप जानकारिको लागि पोष्टरमा  सम्पर्कका लागि राखिएका व्यक्तित्वहरुसंग सम्पर्क गर्न सक्नुहुनेछ।
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय