Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

आजदेखी दक्षिण कोरियामा नयाँ नियम लागु !

दक्षिण कोरियामा नोभेम्बर १९ अर्थात आजदेखी नयाँ नियम लागु हुने भएको छ।आज देखी कोरियाका सबै रोजगारदाताले तलब सहित तलबको सम्पुर्ण विवरण श्रमिकलाई अनिवार्य दिनुपर्ने नियम लागु भएको हो।

तलव विवरण नदिई श्रमिकको काम गरेको समय भन्दा कम तलव दिने,आफ्नो तलव कुन कुन शिर्षकमा काटियो थाहा नदिई मनोमानी काटने,आफुखुशी नियम मा नरही आउने भन्दा निकै कम तलव दिने व्यापक गुनासो पछी कोरियाको श्रम मन्त्रालयले यो नियम लागु गरेको हो।दक्षिण कोरियाका कतिपय कम्पनीहरुका मालिकहरुले महिनाभरी काम गरेको तलव विवरण श्रमिकलाई नदिई आफुखुशी तलब दिने गरेका थुप्रै उदाहरण हरु छन।

तिनै समस्या हरुलाई मध्यनजर गर्दै कोरियामा यो बाध्यात्मक नियम लागु भएको हो।उक्त नियम लागुभएपछी सबै रोजगारदाता हरुले अनिवार्य तलव विवरण श्रमिकलाई दिनुपर्ने छ।अझैसम्म पनि कोरियाका कतिपय कम्पनीमा काम गरेको समय रेकर्ड राख्ने सिस्टम नभएकोले अवदेखी श्रमिकले काम गरेको समय रेकर्ड राखेर हिसाब माग्न पाउने भएको छ।रोजगारदाताले अवदेखी तलवको सम्पुर्ण विवरण,तलब कटौतिका शिर्षकमा के कति रकम काटियो भन्ने पुरा विवरण खुलाउनुपर्ने छ।यदि रोजगार दाताले तलव विवरण लिस्ट दिन नमानेमा श्रमिकले उजुरी गर्न सक्नेछन।रोजगार दाताले तलव लिस्ट नदिएको खण्डमा ५० लाख वोन सम्म जरिवाना हुने नियममा उल्लेख छ।यस संगै लामो समयदेखी तलव विवरण लिस्ट नपाई बसेका श्रमिकहरुमा खुशियाली छाएको छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय