Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

किर्ना,उपिया,र जुका” को भारी बोकेर नेकपा एमाले ले कहिले सम्म वजन बढेको खुसी मनाउने ?

दुर्लभ बन्धु पोखरेल ,चितवन नेपाल

कुनै बेला थियो नेकपा एमाले एसियामानै सु- बिचार, सु- संगठित र सु- संस्कृत पाटी को रुपमा चिनिन्थो। विश्वमा कम्युनिस्ट आन्दोलन ढलीरहेको बेला नेपालमा नेकपा एमालेले जनता र भुगोल सुहाउदो जनबादको प्रतिपादन गरी नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन सफल भएको थियो। उसका कार्यकर्ता पाटिका नीति सिद्धान्त मा प्रतिबद्ध , पाटी विधि पद्धतिमा समर्पित थिय। उसका कार्यकर्ता व्यक्तिगत स्वार्थ बाट माथी उठेका सामाजिक भावनले प्रेरित थिय। जनताहरुमा एउटा आसा अनी भरोसा थियो। सुदुर बिगतलाई हेर्ने हो भने उसले जनताको आसा भरोसामा खरो उत्रेकोपनी हो। तर दुखको कुरा आज यो सिद्धान्त ,प्रतिबद्ध, विधि, पद्धति, आसा भरोसा सबै किम्बदन्ती बनेका छन्।
आज नेतृत्वनै बिचारले स्खलित छ,कार्यकर्ता अवसरबादी छन्, बाैद्धिक र व्यपारी दलाल छन्न। जनताकोत कुरै भएन जता काफल पाक्छ उतै चरी नाँच्छ। यी सबै बेथिति को कारक के हो त? हाम्रो समाजलाई एकपटक फर्केर हेराैं। कृषक र उपभोक्ताको बिचमा दलाल छ, बिद्यालय र बिद्यार्थी को बिचमा दलाल छ, उत्पादक र उपभोक्ताको बिचमा दलाल छ, सरकार र सप्लायरको बिचमा दलाल छ, राष्ट्रका ठुला उद्योगपति भनेका बिदेशी उत्पादकका दलाल छन् । हुदा हुदा यतिसम्म भयोकी कार्यकर्ताले नेता भेट्न सम्म दलाद लगाउन पर्ने भयो। यी सबै बेतिथीको कारक दलाल पुजिबाद हैन र? आज हाम्रो समाजलाई दलाल पुजिबादले यस्तोसग रुमलेको छ कि नेपाली जनतालाई लाग्नथालेको छ कि हिजोको सामन्तवाद नै ठिक थियो। हुनत दलाल पुजिबादलाई परजीवीवाद पनि भन्न सकिन्छ। आफैले केही उत्पादन नगर्ने उत्पादक को ढाडमाबसी किर्ना, उपिया र जुकाले जस्तै रस चुसेर छोक्रा उपभोक्तालाई छाड्ने बाद परजीवीबाद हैनर ? दलाल पुजीवादीका किर्ना, उपया र जुकाहरु हिजोका सामन्तवाद कै बंशज हुन यिनीहरु युरोप र अमेरिका पुगेर आफ्नो अनुबंसणिय गुण परिवर्तन गरेर दलाल पुजिबाद मा परिवर्तन भएका हुन्। सुरुमा यि दलाल पुजीवादी परजीवी हरुलाइ नेपाली काङ्ग्रेसले सुन्दर जीव ठानी प्रसय दियको थियो। ती परजीवीहरु आफ्नो शरिरमा बस्दा बढेको वजन ले काङ्ग्रेसले आफुलाइ भिमकाए पनि ठानेकै थियो तर बिडम्बना ती परजीवी को संक्रमण ले नेपाली काङ्ग्रेस उद्योग, कलकारखाना बेचबिखन, शिक्षा र स्वास्थ्य को निजिकरण को मतियार त बनायो नै नेपाली काङ्ग्रेसमा रहेको प्रजातान्त्रिक समाजबादको गुण नै समाप्त हुन पुग्यो। बाह्य परजिबी बोकेर भिमकाए ठानेको नेपाली काङ्ग्रेसले आफ्नो शक्ति क्षण हुदै हड्डी र छाला मा सिमित भयको मेसै पाएन।
नेपाली काङ्ग्रेसले प्रसय दिएका ती किर्ना, उपया र जुकाहरुको संक्रमण आज नेपाल मा रहेका तमाम पाटीहरुमा छ। अझ भन्नेहो भने अली बलसाली मानिएको नेकपा एमाले ती परजीवीको मुख्य आकर्षकको केन्द बन्न पुगेको छ। संक्रमण पनि यति बढेको छ की एमालेको ढाडमात्र हैनकी खुट्टा खुट्टा सम्मपनी कुहिन थालीसकेको छ। तर एमाले फेरी पनि ती परजिबिको बोझले वजन बढेकोमा मख्ख परेकै छ। आफ्नै थाप्लामा बसेर आफैलाई दिशानिर्देश गर्ने तहसम्म परजिबीको संक्रमण बढ्दा सम्मपनी मेसो नपाउने एमाले नेतृत्व राम को नाम जप्दै बहुदलीय जनबादभन्दा भगवान भरोसामा बिस्वास गर्न पुगेको छ। सिद्धान्त मा प्रतिबद्ध , विधि पद्धतिमा समर्पित कार्यकर्ता पाखालगाउदै परजिबी, दलाल पुजीवादी हरुले पाटिका अबसरबादी कार्यकर्ताहरु माथी कब्जा जमाई रहेका छन। कहिले व्यक्तिगत स्वार्थको लागि आफ्नै पाटीको उमेदवार लाई हराउछन् त कहिले एमालेको पदाधिकारी बन्दै ठेकेदार साब को पैसा बाड्दै हिन्छन्। दलाल पुजीवादी किर्ना को पैसाले माडिको खेतियोग्य जमिन कासघारी मा परिणत भएको छ। गरिबहरुको बजबुरीको फाइदा उठाउदै भुमिहीन बनाइरहेका छन। पाटी ले अनियमिता को बिरुद्ध आवाज उठाउदा पदाधिकारी हु भन्दै पाटीका एजन्डाहरुलाई करडाैंमा व्यपार गरिरहेका छन । व्यक्तिगत लाभमा लिप्त चापलुसीको आधारमा नेतृत्व हत्यायकाहरु कार्यकर्ता को भावना बिपरित गोजिका गोटीलाई टीका लगाउदै एकाधिकार लाधिरहेछन्। यस्तो प्रबृत्ति को ढाकछोप गर्न पाटी अध्यक्षलाई घेराबन्दी गरिरहेकाछन। यस्या यी परजीवी को उपचार बेलैमा नगर्ने हो भने यिनलेत नेकपा एमालेको अस्तित्तो नै मेटाउनेछन। दलाल पुजिबादी प्रबृत्ति मार्न जरुरी छ, एमालेमा लागेका किर्ना,उपया झार्न जरुरी छ।

नेकपा एमालेमा लागेका किर्ना र उपया जस्ता परजिबीको बेलैमा उपचार गर्न सक्ने हो भने आजपनी नेपाली जनताले आसा र भरोसा गर्नसक्ने एकमात्र पाटी हो नेकपा एमाले। यसको भविश्यले आठलाख संगठित सदस्यहरुको मात्र भविस्य निर्धारण गर्ने नभइ सिङ्गै नेपालको भबिस्य निर्धारण गर्छ। नेपाल को दशा र दिशा बदल्नसक्ने पाटी भनेकै नेकपा एमाले भएकोले यसमा सुद्धिकरणको जरुरी छ। पाटी अध्यक्ष र कार्यकर्ता बिचमा दलाल पुजिपती र अवसरबादी कार्यकर्ताले बनायको घेरा टोड्न जरुरी छ। किर्ना र उपया बोकेर वजन बढेको छ भन्ने मनस्थिति फेर्न जरुरी छ। नेकपा एमाले ले माक्र्सवाद लेलीनबाद र जनताको बहुदलिय जनबादप्रती प्रतिबद्ध र नेकपा एमालेको बिधान नीति सिद्धान्तप्रती समर्पित, सु- बिचार, सु- संगठित र सु-संस्कृत कार्यकर्ता हरुलाई बेर्न जरुरी छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय