Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

प्रचण्ड – नेपाल समुहको कोरिया कमिटिले ओली समुहलाइ कारबाही गर्यो

प्रबासी नेपाली एकता मंच कोरियामा पनि ओली र प्रचण्ड – नेपाल समूह बिच बिबाद छताछुल्ल भएर बिभाजित भएको छ । केही दिन अगाडि ओली समुहका केही सदस्य हरुले समानान्तर कमिटी गठन गरे सगै प्रचण्ड – नेपाल पक्षले ओली समुहलाइ कारबाही स्वरुप पार्टी बाट निस्कासन गरेको छ । प्रबासी नेपाली एकता मन्च कोरियाका अध्यक्ष दिलिप धितालले एक बिग्यप्ती जारी गर्दै कमिटिका केन्द्रीय सदस्य अन्जन राई , बिष्णुमणि अधिकारी , सृजना नेपाली र सुजन पन्डित सहित अन्य केही क्षेत्रीय सदस्य हरुलाई साधारण सदस्य समेत नरहने गरि पार्टी बाट निष्काशन गरेको जनाएको छ ।

Trip

३५ सदस्यीय केन्द्रिय कमिटी रहेको कोरियामा प्रचण्ड -नेपाल समुहको स्पष्ट बहुमत रहेको र उक्त बहुमतकै आधारमा संगठन को हित बिपरित काम गर्ने उछृङ्खल समुहलाइ कारबाही गरिएको अध्यक्ष दिलिप धिताल ले बताएका छन् ।कारबाही मा परेका सदस्यहरुको रिक्त स्थानमा भर्चुअल बैठक मार्फत पुनः नियुक्ति समेत संगठनले गरिसकेको एक केन्द्रिय सदस्यले जानकारी दिएका छन् ।

प्रबासी नेपाली एकता मन्च कोरियाले प्रधानमन्त्री ओलीको असंबैधानिक कदमका बिरुद्द घोर भत्सर्ना गर्दै प्रतिनिधि संसद पुनर्स्थापनाका लागि बारम्बार दबाद समेत दिदै आएको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय