Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

स्याङ्गजामा अन्तरजातीय बिवाह गरेका जोडीलाई छुटाउने कसरतमा माईति पक्ष (भिडियो सहित )

स्याङ्गजा ,
स्याङ्गजाको फेदीखोला गाउँपालिका १ आरुखर्कमा अन्तरजातीय प्रेममा परि बिवाहा गरेका एक जोडीलाई छुटाउने कसरतमा माईति पक्ष लागेको छ। आरुखर्कका बस्ने बिशाल बि क ले सोहि गाउँमा बस्ने पारु क्षेत्री संग प्रेम गरि ४ दिन अगाडी मात्र भागेर बिवाह गरेका थिए।
इलाका प्रहरी कार्यालय फेदीखोलामा छोरी खोजिदिन तथा उमेर नपुगेको कारण बिबाह गर्न योग्य नभएको भन्दै यो विवाहलाई मिलापत्रमा छुट्टाईदिन माईति पक्षले निवेदन दिएको थियो।

फेदीखोला स्थित इलाका प्रहरी कार्यालयले पनि केटाको उमेर कानुनत : बिबाह गर्न योग्य नभएको भन्दै छुट्टिनु पर्ने गरि सहमति गर्न जोड गरेको छ भने केटा र केटीले एक अर्का बिना छुट्टीएर बस्न नसक्ने र नछुट्टिने बताएका छन्।
भर्खरै एस इ इ परिक्षा दिएर बसेका बिसाल बि क र कक्षा १२ को पढाई सकेर परिक्षा पर्खदै बसेकी पारु क्षेत्रीले प्रेम बिबाह गरेको ४ दिन पछाडी आज इलाका प्रहरी कार्यालय फेदिखोलामा उपस्थित भएका थिए।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय