Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

रुकुमको चाैरजहारी घटनाका प्रतिवादीकाे बयान सकियो ,शुक्रबार थुनछेक बहस हुने

रूकुम पश्चिमको चौरजहारी नगरपालिका-८ साेती घटनाका प्रतिबादी मध्ये पक्राउ परेका २९ जना सबैको बयान बिहीबार सकिएको छ।पिडित पक्षबाट निशुल्क बहस गर्न रुकुम पुगेका अधिवक्ता आरसि गौतमका अनुसार बिहीबार २९ जना प्रतिवादीको बयान सकिएको हो।

 

जाजरकोटका नवराज विक सहित ६ जनाको ज्यान जाने गरी भएको चौरजहारीको सोती काण्डमा ३४ जना प्रतिवादीविरूद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। त्यसमा चौरजहारी नगरपालिका ८ का वडाध्यक्ष डम्मरबहादुर मल्ल, केटी, उनका अभिभावक लगायतका २९ जना पक्राउ परेका छन्। प्रतिवादीमध्ये ५ जना भने फरार छन्। यसअघि नै नवराजकी प्रेमिका भनिएकी १७ वर्षीया किशोरी र अर्का एक बालकको समेत थुनछेक बहस पूरा भई उनीहरूलाई बालसुधारमा राख्न आदेश भइसकेको छ।शुक्रबार बाट थुनछेक बहस हुने छ।

 

 

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय