Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

एप्पलले सार्वजनिक गरेको आईफोन १४ यस्ता छन

एप्पलले अन्ततगत्वा नयाँ ढाँचाका आईफोनहरु सार्वजनिक गरेको छ ।

एप्पल प्रतिष्ठानका अनुसार सेप्टेम्बर ७ बुधबारका दिन दुई आकारप्रकारमा उपलब्ध भएको जनाएको छ । अन्य अध्यावधिक सहित सुधारिएको चित्रग्राहिणी सुविधा (क्यामेरा फिचर )भएको आरम्भमा बताएको छ ।

नयाँ आईफोन १४ को दाम ७९९ तथा ८९९ डलर राखिएको छ भने यिनीहरुका आकार ६. १ इन्च तथा ६.७ इञ्च रहेका छन् ।

आईफोन १४ को नयाँ चित्रग्राहिणीमा ठूलो संवेदक (क्यामेरा लार्जर सेन्सर )र छिटो छिद्र (फास्टर एपेरचर )समावेश हुनेछ जसले न्यून प्रकाश समात्न ४९ % सुधार प्रदान गर्ने एप्पलले जनाएको छ ।

यसैगरि बिगतमा उपलब्ध भए झैँ आइफोन प्रो तथा आईफोन प्रो म्याक्स नामक आकारमा पनि बजारमा ल्याएको छ । हाल प्रोको मूल्य ९९९ डलर तथा प्रो म्याक्सको मूल्य १०९९ डलर राखिएको छ ।

आईफोन १४ प्रो तथा आइफोन १४ प्रो म्याक्सलाई पहिले नै अग्रिम आदेश दिनु पर्ने छ भने आगामी सेप्टेम्बर १६ देखि खरिदको लागि उपलब्ध हुने एप्पलले जनाएको एबिसीन्यूजले समाचार प्रकाशित गरेको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय