Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

उत्तर कोरियाले दक्षिण कोरियाको सिमामा सैनिक पठाउने:

उत्तर कोरियाले बुधबार दक्षिण कोरियाको तनाव कम गर्न विशेष दूत पठाउने प्रस्ताव अस्विकार गर्दै सहमतिको प्रयास रोकेको छ । यतिमात्रै होइन, उत्तरले सीमावर्ती क्षेत्रमा आफ्ना सैनिक पुनः तैनाथ गर्ने जानकारी समेत दिएको छ ।सन् २०१८ मा शान्ति सम्झौतापश्चात् बनाएको सम्पर्क कार्यालय बमले उडाएको भोलिपल्ट उत्तर कोरियाको यस्तो घोषणा राज्य सञ्चालित समाचार माध्यम केसीएनएमा सार्वजनिक भएको हो ।

Trip

क्रस–बार्डर शान्ति सम्झौता भंग गर्ने चालिएको कुनै पनि कदम दक्षिण कोरियाका राष्ट्रपति मून जेइ इनको उत्तरसँगको दिगो मेलामिलापलाई बढाउन गरिएको प्रयासलाई ठूलो धक्का लाग्नेछ ।गत सोमबार मूनले आफ्नो राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ्ग इउ–योंग र जासुसका प्रमुख सु हुनलाई आफ्ना विशेष दूतका रुपमा पठाउन आग्रह गरेको केसीएनएले बताएको छ

। तर उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले ‘निकै चलाखीपूर्ण र भद्दा प्रस्ताव अस्विकार’ गरेको केसीएनएले जानकारी दिएको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय