Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरोना संक्रमित बढेपछी ख्यङ्गीदोमा नयाँ सर्कुलर

सौल दक्षिण कोरिया

कोरोनाको संक्रमण वृद्धि हुँदै गएपछी कोरियाको ख्यङ्गिदो प्रान्तले नयांँ सर्कुलर जारी गरेको छ। जसअनुसार २०२० /५/२३ १२ बजे देखि २०२०/६/७ तारीक रातिको १२ वजे सम्मका लागि खेङ्गीदो भित्रका सबै नोरेबाङ, नाइटक्लब  र बारहरुमा नजान भनियको छ। पछिल्लो समय नाइट क्लबबाट  कोरोना संक्रमण फैलिएको पाइएपछी उक्त सर्कुलर जारी गरिएको हो ।

केहीसमय देखि घट्दोक्रममा रहेको कोरियाको कोरोना संक्रमण पछिल्लो दिनमा बढ्न थालेको छ।पछिल्लो दिन २३ जनामा कोरोना संक्रमण देखिएकोमा खेङ्गिदोमा मात्र १३ जनामा देखिएपछी खेङ्गिदो प्रान्तले नयांँ सर्कुलर जारी गरेको हो। हाल सम्म कोरियामा १११६५ जनामा कोरना संक्रमण भयकोमा २६६ जनाको मृत्यु भयको छ भने १०१९४ जना निको भएर घर फर्कीसकेका छन।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय