Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

देशप्रतिको माया उर्लियो कोरियाबासी नेपाली मजदुरहरुमा ,२४ घण्टामै उठाए ७०लाख रुपैयाँ

सौल दक्षिण कोरिया,

नेपालमा सम्भावित कोरोना संक्रमितको परीक्षणका लागि किट अभाव भइरहेको समयमा दक्षिण कोरियामा स्वतन्त्र सामाजिक अभियान्ता र एन आर एन ए कोरियाले संयुक्त रुपमा ‘एक नेपाली एक किट’ अभियान सञ्चालन गरिरहेका छन्।

Trip

अभियान संचालनमा आएको २४ घण्टा बित्न नपाउदै दक्षिण कोरियामा रहेका नेपालीहरुले उल्लेख्य रुपमा सहभागिता जनाएका छन । नेपालीहरुले देशप्रतिको माया झल्काउदै २४घण्टामै ७करोड कोरियन वोन अर्थात लगभग ७०लाख नेपाली रुपैयाँ संकलन गरेर बिश्वभरी छरिएर रहेका नेपालीहरुलाई नै चकित बनाएका छन । उक्त अभियानको  ब्यबस्थापन भने एन आर एन  ए कोरियाले गर्ने जनाएको छ ।

नेपालमा कोरोना भाईरसको कीट पठाउनको लागि कोरिएन एअरमा शुक्रबार सम्म पठाउने सबै तयारी भएको भएता पनि नेपालमा सरकारले गरेको लकडाउनका कारण शुक्रबार सोझै नेपाल पठाउन नसकिएको तर चिनको बाटो हुँदै मार्च २८ शनिबारसम्म नेपाल पुर्याउन सकिने संभावना रहेको उक्त अभियान ब्यबस्थापन टिमले जानकारी गराएको छ ।

नेपाल पठाउन लागीएको कीट कोरियामा अत्यन्तै प्रभावकारी सावित भएको र उक्त कम्पनिले हाल फिलिपिन्स अमेरिका लगायत देशमा पनि निर्यात गर्दै आएको छ ।

 

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय