Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा कोरोना संक्रमण फैलिन सक्ने विज्ञहरुको चेतावनी, ढुक्क नहुन आग्रह

सोल-दक्षिण कोरियामा कोरोना संक्रमण नियन्त्रण नजिक आइरहेका बेला कोरियाका बरिष्ठ स्वास्थ्य विशेशज्ञहरुले भने आगामी जाडो मौसममा कोरोना भाइरस संक्रमण अहिलेको भन्दा भयानक हुन सक्ने चेतावनी दिएका छन् ।बैज्ञानिकहरुका अनुसार उक्त रोग विरुद्दको भ्याक्सिन उपलव्ध नभएसम्म मानिसहरुले धैर्यता तथा आफ्नो सामाजिक व्यवाहार तथा खानपान मा नियन्त्रण राख्न जरुरी भएको बताएका छन् ।

कोरियाली रोग तथा प्रकोप नियन्त्रण केन्द्रका निर्देशक जुङ्ग इयोन क्योनका अनुसार विगतका माहामारीहरुमा पनि लामो समय समम संक्रमणको दर तल माथि भइरहेको र पूर्ण नियन्त्रणमा आउन समय लागेको औल्याउदै यो कोरोना माहामारी पनि छिट्टै अन्त्य हुनेमा आशंका व्यक्त गर्दै सबै नागरिकहरुलाई संयमित व्यवाहार अपनाउन सुझाव पनि दिएका छन् ।कोरोना भाइरस पनि चिसो मौसममा फैलिन सहज हुने भाइरस भएका कारण चिसो मौसममा चीसो हावाको प्रभावले भाइरसको संक्रमण बढ्ने चेतावनी विशेशज्ञहरुले दिएका छन् ।

कोरोना संक्रमणको प्रकृति मानिस पिच्छे फरक फरक भएका कारण यो रोग बारे सजग रहनुपर्ने उनीहरुले बताएका छन् । केही मानिसमा संक्रमणको साधारण असर देखिने र चाँडै सञ्चो हुने, केहीमा विना लक्षण संक्रमण फैलिने तथा केहीमा संक्रमणको लामो समय सम्म पनि भाइरस जिवित रहने भएका कारण हाल कोरोना भाइरसबाट मुक्त भइ ढुक्क भएर बस्न नहुने केन्द्रले बताएको छ ।हटपाटीबाट

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय