Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा E-9 भिषा भएकाले यसरी प्राप्त गर्न सक्छन E -7 -4 भिषा , सम्पुर्ण कागजपत्रको विवरण सहित ।

मिन बि क ,सौल दक्षिण कोरिया

कोरियन सरकारले २०१७ सेप्टेम्बर देखि शुरु गरेको भिषा हो E -7 -4 । कोरियन सरकारले इपिएस प्रणाली मार्फत प्रवेश गरेर दक्ष बनेका कामदारहरुलाई लक्षित गरि यो भिषा प्रणाली निर्माण गरेको हो । लामो समयसम्म कोरियामा बसेर काम गरिरहेकाले काममा दक्ष हुने भएकोले दक्ष कामदारलाई उनीहरुकै देश फर्काउनु भन्दा यहि देशमा राख्दा रोजगारदाता लाई उत्पादनमा सहजता प्रदान हुने भएकोले E -7 -4 भिषाको अबधारणा ल्याएको सरसर्ती बुझ्न सकिन्छ । विभिन्न मापदण्डहरु निर्माण गरि उक्त मापदण्डमा अधिकतम देखि न्युनतम अंक तोकिएको छ। जम्मा पुर्णाङ्क १८० तोकिएकोमा निश्चित उत्तीर्ण अंक (५२ ) र ७२ निर्धारण गरिएको छ ।उत्तीर्ण अंक ( ५२ ) वा (७२) वा सो भन्दा बढी अंक प्राप्त गरेको खण्डमा यो भिषा प्राप्त गर्न सकिने छ । दुइ बर्षको औसत आय २ करोड ६० लाख भन्दा धेरै खण्डमा ५२ अंक प्राप्त गर्नेले भिषा प्राप्त गर्न सक्छन भने दुई बर्षको औसत आय २ करोड ६० लाख भन्दा कम हुनेले ७२ अंक प्राप्त गर्नुपर्नेछ ।
परिवारसहित लामो समय कोरिया बस्न सकिने भिसा हो E -7 -4 भिषा । कोरियामा इपिएस प्रणाली मार्फत आएको अदक्ष कामदारहरुले अधिकतम बस्न पाउने समय ९ बर्ष ८ महिना हो । यो समयभन्दा बढी बस्न चाहनुहुनेले E -7 -4 भिषा परिवर्तन गर्न सक्नुहुनेछ । E7-4 भिषा इपिएसबाट आएका E-9 , E-10 र H-2 भिषा भएकाहरुले परिवर्तन गर्न सक्नुहुनेछ, कोरियामा लगातार 5 वर्ष भन्दा बढी र १० बर्ष भन्दा कम काम गरेकाले यो भिषा आवेदन गर्न सक्ने छन् । उत्पादनमूलक , उद्योग , कृषी, मत्यपालन र आवास निमार्ण क्षेत्रमा काम गर्ने सबै विदेशी कामदारले यो भिषा लिन सक्ने छन् । यो भिषा प्राप्त गरिसकेपछि कति बर्ष सम्म कोरिया बस्न पाउने भन्ने निश्चित भने छैन तर पनि अध्यागमन विभागले जहिले सम्म तपाइलाइ भिसा दिन योग्य ठहर्छ वा जति समयसम्म मापदण्ड अनुसार निश्चित उत्तिर्णाङ्क ( ५२ ) प्राप्त गर्न सक्नुहुन्छ त्यति नै समय कोरिया बस्न सक्नुहुनेछ । यानेकी उत्तिर्णाङ्क ( ५२ ) प्राप्त गर्न नसकेको खण्डमा भने स्वदेश फर्किनुपर्ने हुन्छ ।

E -7 -4 भिषा प्राप्त गर्नको लागी विभिन्न मापदण्ड हरु निर्धारण गरिएको छ जसमध्य विशेष गरी कोरियन भाषा क्षमता, शिक्षा, उमेर,शिप-दक्षता ,आय , आय कर कोरियामा राखिएको बैंक मौज्दात ,कोरिया बसेको समयावधि र कामको अनुभवका साथै कोरियामा रहन सक्ने भिषा अबधि आदि हुन् । त्यस्तै कोरियामा उच्च शिक्षा अध्ययन , स्वयंसेवकको भूमिका , सरकारबाट प्राप्त प्रसंसापत्र, कोरियामा लिएको कुनै प्रमाणपत्रहुअरु भएको खण्डमा थप अंक प्राप्त गर्न सकिने छ ।

E -7 -4 भिषा प्राप्त गर्नको लागी निम्न मापदण्डमा निम्न अंक प्राप्त गर्न सकिन्छ ।
१-२ बर्षको औसत आय :
३ करोड ३० लाख वा सो भन्दा बढी भएमा : २० अंक
३ करोड वा सो भन्दा बढी भएमा : १५ अंक
२ करोड ६० लाख वा सो भन्दा बढी भएमा : १० अंक
आवेदन दिने दिनको ठिक २ बर्ष देखिको औसत आय समेटिनेछ ।

२- कोरियन भाषा क्षमता : (topik & kiip )
लेवल ५ वा सो भन्दा माथि : २० अंक
लेवल ४ : १५ अंक
लेवल ३ : १० अंक
लेवल २ : ५ अंक

३-शैक्षिक योग्यता:

स्नातकोत्तर : 10 अंक
स्नातक तह : 10 अंक
उच्च माध्यामिक तह वा सो सरह : 5 अंक
माध्यामिक तह वा सो सरह :3 अंक

4- उमेर तर्फ
~~39 वर्ष : 5 अंक
~~३6 वर्ष : 8 अंक
~~33 बर्ष : 11 अंक
~~30 बर्ष : 14 अंक
~~27 बर्ष 17 अंक
~~24 बर्ष 20अंक

5-कोरियन बैंकमा भएक मौज्दात तर्फ :
१० करोड वन वा सो भन्दा बढी : १५ अंक
६ करोड वन वा सो भन्दा बढी : १० अंक
३ करोड वन वा सो भन्दा बढी : ५ अंक

6-कामको अनुभव :
पुरी सानप भएमा :
६ बर्ष वा सो भन्दा बढी : १५ अंक
४ बर्ष वा सो भन्दा बढी: १० अंक
उत्पादन वा निर्माण सम्बन्धि
६ बर्ष वा सो भन्दा बढी : १० अंक
४ बर्ष वा सो भन्दा बढी: ५ अंक

7-दुर्गम क्षेत्रमा काम गरे :
४ बर्ष वा सो भन्दा बढी : १० अंक
३ अंक वा सो भन्दा बढी : ७ अंक
२ वर्ष वा सो भन्दा बढी ५ अंक

एउटै कम्पनीमा लगातार काम गरेको समयको आधारमा १० अंक प्राप्त गर्न सकिने यो इमिग्रेशनको व्यक्तिमा निर्भर रहने छ ।

8-कम्पनीको यो अबस्था भएमा तपाइले भिषाको लागी निवेदन दिन र प्राप्त सक्नुहुनेछ ।
तपाइको कम्पनीमा कोरियन कामदारको संख्यालाई मुख्य रुपमा हेर्नुपर्ने हुन्छ, यो सबैभन्दा महत्वपुर्ण बिषय पनि हो ।
१- यदि तपाइले काम गर्ने कम्पनि पुरी सानप भएमा
५-१० जना कोरियन कामदार भएमा- १ जनाले भिषा प्राप्त गर्न सक्नेछन
१०-२९ जना कोरियन कामदार भएमा- २ जनाले भिषा प्राप्त गर्न सक्नेछन
३०-४९ जना कोरियन कामदार भएमा- ३ जनाले भिषा प्राप्त गर्न सक्नेछन
५०-९९ जना कोरियन कामदार भएमा- ४ जनाले भिषा प्राप्त गर्न सक्नेछन
१०० जना भन्दा बढी कोरियन कामदार भएमा- ४ जनाले भिषा प्राप्त गर्न सक्नेछन

२- यदि तपाइले काम गर्ने कम्पनि उत्पादनमुलक भएमा :
१०-४९ जना कोरियन कामदार भएमा- १ जनाले भिषा प्राप्त गर्न सक्नेछन
५०-१४९ जना कोरियन कामदार भएमा- २ जनाले भिषा प्राप्त गर्न सक्नेछन
१५०-२९९ जना कोरियन कामदार भएमा- ३ जनाले भिषा प्राप्त गर्न सक्नेछन
३००-४९९ जना कोरियन कामदार भएमा- ४ जनाले भिषा प्राप्त गर्न सक्नेछन
५०० जना भन्दा बढी कोरियन कामदार भएमा- ४ जनाले भिषा प्राप्त गर्न सक्नेछन

नोट : E-9 , E-10 भिषामा काम गर्दै आएका कम्पनिको हकमा १ जना कोरियन कामदार भएको खण्डमा पनि आवेदन दिन सक्नेछन ।

अरु मापदण्डहरु पनि छन् कोरियाको कामको सिप, कम्पनीमा कामदारको स्तर, कोरिया वा अन्य देशबाट प्राप्त शैक्षिक योग्यता ,कोरियामा प्राप्त गरेको अन्य प्रमाणपत्र हरुले भिषा प्राप्त गर्ने आधार थप बलियो बनाइदिन्छ । तर इपिएस भिषामा कोरियामा काम गर्दै आउनुभएको नेपालीहरुले प्राप्त गर्ने सम्भावित अंकहरु यति नै हो ।
यदि तपाइको अंक माथि उल्लेखित मापदण्ड अनुसार पुगेको खण्डमा भिषा परिवर्तनको लागी आवेदन दिन सक्नुहुनेछ ।
भिषा आवेदनका लागी नजिकैको अध्यागमन विभागमा सम्पर्क गर्न सक्नुहुनेछ । यो भिषा कोटा प्रणाली मार्फत एक बर्षमा ४ पटक अर्थात जनवरी, अप्रील,जुलाई,अक्टुवरमा खुलाईएको हुन्छ । आवेदकहरुको निवेदन संकलन गरि अधिकतम अंक प्राप्त गर्ने १०० जनालाई भिषा प्रदान गरिन्छ । भने ७५ अंक भन्दा बढि अंक प्राप्त गर्ने हरुले प्रतिस्पर्धामा भाग लिनु पर्ने छैन उनीहरुले स्वतः भिषा प्राप्त गर्नेछन ।
E -7 -4 भिषाको लागी आवश्यक कागजात ,प्रक्रिया ,फाइदा-बेफाइदा,भिषा थप गर्दा हुने झन्झट लगाएत सम्पुर्ण बिषयमा हामी क्रमश आउने नै छौं hello korea nepal फेसबुक पेजलाई लाइक गरि फलो गर्न नबिर्सिनुहोला ।नोट :सबै अंकहरु यहाँ तोकियाको अनुसार प्राप्त गर्न नसकिने पनि हुन्छ आफुले आवेदन दिने बेलामा इमिग्रेशनमा कस्तो व्यक्तिसंग परिन्छ भन्ने कुराले पनि भर पर्छ ।

निवेदन दिनको लागी आवश्यक कागजातहरु यस प्रकार रहेका छन्

बुझ्नेहरुले यो पनि हेर्नुहोला

 

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय