Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

दक्षिण कोरियाको बिधानसभा निर्वाचनमा २८ बर्ष यताकै धेरै मत खस्यो,सत्तारूढ दललाई स्पष्ट बहुमत प्राप्त

सउल दक्षिण कोरिया

मीन बि क

दक्षिण कोरियामा हिजो सम्मन्न भएको राष्ट्रिय विधानसभनको निर्वाचनमा कुल ३०० सिट मध्ये १८० सिटमा जित हासिल गर्दै हाल सत्तामा रहेको, राष्ट्रपति मुन्जेइनको पार्टी डेमोक्रेटिक पार्टीले स्पष्ट बहुमत सहित राष्ट्रिय विधानसभाको निर्वाचनमा जित हासिल गरेको छ । गतवर्ष आर्थिक गतिविधि सुस्त भएसँगै मुन सरकारको आलोचना तथा चुनावमा हार हुने अनुमान थियो तर कोरोनाभाइरस रोकथाममा सरकारको उत्कृष्ट भूमिकाको कारण पार्टी तथा सरकारको लोकप्रियता बढेको र चुनावमा इतिहास रच्न सफल भएको छ ।

Trip

दक्षिण कोरियाको बिधानसभामा २८ वर्ष यताकै सबैभन्दा धेरै भोट खसेको हो कुल मतदाताको ६६.०२% मत खसेको कोरियन संचार माध्यमहरुले जनाएका छन ।

डेमोक्रेटिक पार्टिले इतिहास रच्दै १६ वर्ष यता एउटै पार्टीले धेरै सिट जितेको छ । यो कोरियाको बिधानसभाको स्पष्ट बहुमत हो । भोटर प्रतिशत बढेसंगै कोरियन युवा नागरिकहरुमा राजनीति प्रति चासो बढेको विश्लेषण गरेको पाईन्छ ।
विश्वमा महामारी चलिरहेको बेला निर्वाचन गर्नु नै चुनौती थियो भने त्यो माथी कोरोना संक्रमितहरूलाई पनि सुरक्षित र व्यवस्थितरुपमा भोटिङ गर्ने व्यवस्था गर्नु थप चुनौतीपूर्ण थियो तर सरकारको उचित ब्यबस्थापनका कारण कोरोना संक्रमितहरुलाई पनि मतदान गर्ने ब्यबस्था मिलाईएको थियो ।
(पूर्ण नतिजा आउन बाँकी) । स्रोत : न्युज 1

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय