Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

कोरियामा हालसम्म ६० जना विदेशीलाई कोरोना भाईरसको संक्रमण, पुरा विवरण सहित

सौल दक्षिण कोरिया
दक्षिण कोरियामा मार्च १६ तारिक सोमबार सम्म कोरोना भाईरसको संक्रमण हुने बिदेशीको संख्या ६० पुगेको कोरियाली सरकारले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरेको छ ।
सरकारले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कोरियामा बस्ने चिनियाँ नागरिकहरु सबैभन्दा धेरै संक्रमित ३८ जना त्यसपछि दोस्रोमा अमेरिकी नागरिक ७ जना रहेका छन् ।
भियतनाम २ जना , मंगोलिया २ जना , थाईल्याण्ड २ जना ,अष्ट्रेलिया २ जना , अर्जेन्टिना २ जना रहेको छन् भने जापान १ जना इण्डोनेसिया १ जना मलेसिया १ जना उज्बेकिस्तान १ जना र पोल्याण्डका १ जना रहेको कोरियाली सरकारले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
हालसम्म कोरियामा रहेका कुनै पनि नेपालीलाई कोरोना भईरसको संक्रमण नभएको कोरिया स्थित नेपाली राजदुतावासले जनाएको छ |

Trip
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय