Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

दक्षिण कोरियाको नदीमा हामफालेर आत्महत्या गर्ने बढेपछि गार्ड रेलको व्यवस्था

सोल-

सोल महानगरपालिकाले हाना नदीको पुलहरुमा गार्डरेल निर्माण गर्ने भएको छ । पुलबाट हाम फालेर मानिसहरुले आत्महत्या गर्ने क्रममा बृद्दी भए पछि महानगरले हरेक पुलमा सो गार्डरेल निर्माण गर्न लागेको हो ।

शहरको हान नदीमाथि बनाईएका ३१ पुल मध्ये २० वटामा १.२ मिटर देखि २ मिटर अग्ला गार्डरेलहरु निर्माण गर्न लागिएको महानगरले जनाएको छ ।

गार्डरेलको निर्माण पश्चात मानिसहरु पुलमा चढ्न नसक्ने हुँदा हाम फालेर आत्महत्या गर्नेहरुको संख्या घट्ने महानगरको विश्वास छ ।

सरकारी अधिकारीका अनुसार हान र याङ्ह्वा नदिमाथिका पुलमा गार्डरेल बनाउन यस बर्ष महानगरपालिकाले १.९ विलियन वन बजेट विनियोजन गरेको छ र बाँकी पुलहरुमा आगामि बर्ष सो काम सम्पन्न गर्ने छ ।

यसले बढ्दो आत्महत्या दर घटाउन मद्दत गर्ने सरकारी अधिकारीको दावी छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय