Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

दक्षिण कोरियामा मजदुरका हक अधिकार , यदि प्राप्त नभएको खण्डमा के गर्ने ?

मजदुरहरुले शंघर्ष गरे प्राप्त गरेको मजदुरहरुको हक अधिकार छ ।त्यो अधिकारको आधारमा त्यो अधिकारहरु हो (१)सगठित हुने अधिकार (२) माग राखी कम्पनीसग बार्ता गर्ने (३)माग पुरा नगरे पुरा गराउन हड्ताल गर्ने यो अधिकारले कानुनी मान्यता प्राप्त गरेको  छ  ।यो मजदुर अधिकार धेरै देशको संबिधानमा सुनिस्चित छ ।

कोरियाको संविधानको धारा ३३ कोरियन मजदुर कानुनमा अनि संयुक्त राष्ट्र सघले (UN) १९४८ डिसेम्बर १० मा गरेको मानब अधिकार घोषणा पत्रको धारा २५ को उपधारा ४ मा सबै मानिस(श्रमिक) आफ्नो अधिकार(भलाइ ) रक्षाकोलागि मजदुर युनियनको गठन र सदस्यता लिन पाउने छ भनि तोकिएको छ  ।

सबै किसिमको जातीय (नस्लाबाद) भेदभाब निर्मुल गर्ने सम्बन्धि अन्तर्राष्ट्रिय कन्भेन्शनको धारा ५ (E) १ मा काम ,पेशा छनोटको स्वतन्त्रता ,निस्पक्ष र उचित काम गर्ने शर्त ,बेरोजगारबाट रक्षा ,समान काम ,समान ज्याला,मजदुर संगठनको गठन र सदस्य बन्न पाउने अधिकार सुनिस्चित गएको छ .ILOको संगठनको स्वतन्त्रता र सगठित हुने अधिकारको रक्षा सम्बन्धी कन्भेन्सन ८७ (Convention on freedom of association and protection of the right to organize (No. 87)र मजदुर संगठनको गठन लगायत बार्ता गर्ने(सौदाबाजी)अधिकार सम्बन्धि कोंभेन्शन न ९८(Convention on the right to organize and the right to collective bargaining (No. 98) मा मजदुरको अधिकार सुनिस्चित गरिएको छ.।

माथि शुनिस्चित गरिएको सबै अधिकार प्रवासी मजदुरलाई समान रुपमा लागु हुने छ तर हामी प्रवासी मजदुरको अवस्था के छ त कोरियामा ? साच्चै हामीले यो अधिकारहरु उपयोग गर्न पाएको छौ त ? हाम्रो मजदुरी जीवन सुखमय छ त ? कोरियन सरकारले हामी प्रवासी मजदुरलाई मजदुरको रुपमा लिएको छ त ??

पक्कै पनि हाम्रो हक अधिकारहरु हामीले प्राप्त गरेको छैनौ । त्यसकारण यो अधिकार सुनिस्चित भएको डब्लुपीएस लागु गर्ने ,बिभिन्न किसिमको भेदभाबको बिरुद्द ,कार्य स्थलको अवस्थामा सुधार गर्नकोलागि संघर्ष गरौ । संघर्ष गर्नकोलागी सगठित हुने ठाउँ हो श्रमिक युनियन श्रमिकको संघर्ष गर्ने मध्यम हो श्रमिक युनियन यसैले कोरिया रहेको सबै प्रवासी श्रमिक युनियन (एमटियु)मा  संगठित भएर संघर्ष गरौ  ।अहिलेसम्मको परिबर्तन  श्रमिक युनियनकै संघर्षले नै भएको हो ।

दक्षिण कोरियामा औधोगिक बिकाशको साथै जन्मदर घट्ने, कोरियन श्रमिकले कम ज्यालामा गार्हो, फोहोरी , जोखिमपूर्ण काम गर्न नचाहने भएकोले श्रमिकको अभावको कारण कोरियन सरकारले बिभिन्न देशबाट प्रवासी श्रमिक ल्याएर त्यसको पूर्ति गरिरहेको छ । प्रवासी श्रमिक नभएमा यहाको साना तथा मझौला कम्पनी ,कृषि फर्म ,मत्श्यपलन क्षेत्र धेरै बन्द हुनेछन ।त्यसकारण प्रवासी श्रमिक ल्याउन कम्पनीहरु बाध्य छन ।

अहिले बिभिन्न प्रणाली (भिषा) अन्तर्गत प्रवासी श्रमिक कोरिया आउने गरेको छन । हाल यी श्रमिकको भिषा र संख्या निम्त बमोजिम छ :- E1प्राध्यापक २२०३जना ,E2 शिक्षक १४,०४९ ,E3 अनुसन्धान ३,१८८, E4 सिप सम्बन्धि ,२३१ जना, E5 दक्ष ६०९ E7बिशेष गतिबिधि २१,२९३ जना E9 अदक्ष २,७२,६०९ E10 ठुलो पानीजहाजमा काम गर्ने १७,२९३ जना  ,H2 कोरियन चिनिया ३,००,००० बाकी अन्य भिषामा काम गरिरहेको छन ।अनि हाल कोरियामा बसोबास गर्ने सम्पूर्ण प्रबासीको संख्या २४,३३ ६८० जना जसमध्ये श्रमिक १२,५०,००० जना छन भने  बिना भिषा बसोबास गर्नेहरु ३,९०,५१० जना छन्

तर कोरियन सरकारले यसरी ल्याएको श्रमिकलाई सबै अधिकार कारखाना मालिकमा निहित भएको कानुन लागु गरि दास बनाएको छ । कोरियन सरकार र कम्पनी मालिकले प्रवासी मजदुरलाई भन्ने गर्छन तिमीहरुलाई हामीले हाम्रो देशमा ल्याई दिएर पैसा कमाउन पाएको छौ हामी प्रति धन्यवादि हुनु पर्छ भन्ने गर्छन  ।चोरको ठुलो  स्वर भने जस्तै ठुलो स्वर उसैले गर्छ प्रवासी श्रमिक ल्याउनको बास्तबिकता बुझेपनि उसले यो भन्न चाहदैन यो हास्यास्पद कुरा हो ।

Trip

त्यसकारण हामी सम्पर्ण प्रवासी मजदुरहरु कोरिया आउन पाएकै  आधारमा कोरियन सरकार र कम्पनी मालिक प्रति धन्यबादी हुन आवश्यक छैन । हामी प्रवासी श्रमिकलाई  उनीहरुले हामो अधिकार हनन गर्दै बनाएको नराम्रो नियम कानुनको बारेमा प्रश्न गर्ने अधिकार छ  यस्तो नियम कानुनको सुधार खारेजीकोलागि आवाज उठाउने अधिकार छ आफ्नो सहि माग राख्न सक्ने छौ ।

[bs-quote quote=”हाम्रो मजदुरी जीवन सुखमय छ त ? कोरियन सरकारले हामी प्रवासी मजदुरलाई मजदुरको रुपमा लिएको छ त ??” style=”default” align=”left” color=”#898989″ author_name=”उदय राई अध्यक्ष” author_job=”प्रवासी श्रमिक युनियन ,दक्षिण कोरिया” author_avatar=”https://hellokoreanepal.com/wp-content/uploads/2020/02/udaya-rai-1.jpg”][/bs-quote]

हामी प्रवासी श्रमिकले हाम्रो सहि माग राखी त्यो माग पुरा गराउन संघर्ष गर्ने अधिकार छ संघर्ष गरेकै कारणले दबाब दिन,कोटा घटाउन सक्तैन  । जुनसुकै देशमा गए पनि प्रवासी श्रमिकको आधारभूत अधिकार छ साथै कर्तब्य पनि छ हामी प्रवासी मजदुरले आफ्नो कर्तब्य(मेहनत साथ काम गर्ने)पुरा गर्नु पर्ने हुन्छ तर आफ्नो कर्तब्य पुरा गर्ने क्रममा हामीलाई अनावाश्यक शोषण दमन ,भेदभाब गरिन्छ अधिकार दिईदैन भने त्यसको बिरुद्दमा प्रवासी मजदुरले आवाज उठाउनु पर्ने हुन्छ ।

हामी प्रवासी मजदुरले बिभिन्न कारणले कम्पनी परिबर्तन गर्न चाहन्छु भनेमा वा कुनै गल्ति गरेमा ,मैले भनेको नमानेमा स्वदेश फिर्ता गरिदिन्छु भनि धम्कि दिने गर्छन  । यस्तो धम्कीबाट धेरै प्रवासी मजदुरहरु त्रशित हुने गर्दछन  तर पनि  हामी सहेर चुप लागेर हजुर हजुर भन्दै बसी रहेको छौ कोरियन सरकार ,कारखाना मालिक शोषण दमन गर्न तल्लिन छन रोजगार अनुमति प्रणाली (इपिएस) लगायत अन्य भिषामा स्वइच्छाले कार्यस्थल परिबर्तन गर्न पाइदैन

के तपाईहामी आफ्नो कार्यस्थल मन परेन भने ,काम गने नसक्ने भएमा , उचित सेवा सुबिधा नभएमा ,बिरामी हुदा उपचार नगरी दिएमा ,गालीगलौज दुर्ब्यबहार गरेमा ,कुटपिट गरेमा,बिदा नदिएमा ,तलब समयमा नदिएमा ,आफुले सक्ने भन्दा बढी काम लगाएमा ,सधै काम थोरै गरिस भनि किचकिच गरेमा यस्तो कार्य स्थल परिबर्तन नपाइने ? हामी कारखाना मालिकको दास हौ ? होइनौ स्वइच्छाले कार्यस्थल परिबर्तन पाउने अधिकार भएको श्रमिक हौ दास होइनौ) पहिलो ३ बर्ष मात्र ढुक्कले काम पाइन्छ  ।

१ बर्ष १० महिनाको अवधि थप नभएमा स्वदेश फिर्ता हुनु पर्छ ।प्रतिबद्द श्रमिक भएर आउनकोलागि , अवधि थप गर्नकोलागि जस्तो सुकै नाजुक अव्स्थाक्मा पनि काम गर्न बाध्य हुनु पर्छ  यो श्रमिकलाई दास बनाउने नीति हो)उमेरको हद ४० बर्ष मात्र तोकेको छ यो उमेर नाघे काम गर्न अयोग्य ठहरिन्छ.थेजिकगुम कोरियमा दिदैन देश नै छोड्नु पर्छ .कार्य क्षेत्र (कृषिबाट उत्पादनमा) परिबर्तन गर्न दिदैन  ।

आफ्नो परिवार ल्याएर सधै सगै राख्न पाइदैन .कम्पनि परिबर्तन गरेको श्रमिकले प्रतिबद्द (कमिटेड) श्रमिक भएर आउन दिदैन । त्यसो हो भने कम्पनी साहुले अनुमति दिएको खण्डमा ३ पटक कार्यस्थल परिबर्तन गर्न पाइने व्यवस्था किन गरेको हो त? अब यस्तो कानुनको सुधार खारेज गरी मजदुर माथिको प्रावधान नभएको,स्वइच्छाले कार्य स्थल परिबर्तन छनोट गर्न  पाउने ,अवधि आफै थप्न पाउने ,कम्पनी परिबर्तन गरे  पनि प्रतिबद्द श्रमिकमा आउन पाउने ,परिवार ल्याई बस्न पाउने ,उमेरको हद नहुने ,कार्य क्षेत्र परिबर्तन गर्न पाउने लगायतको व्यवस्था भएको  कानुन कार्य अनुमति प्रणाली (डब्लूपीएस)लागु गराउन संघर्ष गर्ने कि नगर्ने त ?

उदय राई अध्यक्ष
प्रवासी श्रमिक युनियन
दक्षिण कोरिया

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय