दक्षिण कोरियाको राजधानी सउलमा NRNA-NCC दक्षिण कोरिया को ऐतिहासिक एकता महाधिवेशन अत्यन्तै भव्य र सफल रूपमा सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री माननीय अरुण कुमार चौधरी ज्यु प्रमुख अतिथिका रूपमा, NRNA-ICC का पूर्व अध्यक्ष तथा एकता महाधिवेशन उच्चस्तरीय समितिका संयोजक डा. शेष घले ज्यु विशिष्ट अतिथिका रूपमा, तथा एकता महाधिवेशन उच्चस्तरीय समितिका सदस्य एवं NRNA-NCC समन्वय उपसमितिका संयोजक आदरणीय विनोद कुवर ज्यु विशेष आतिथ्यमा उपस्थित हुनु भएको उक्त महाधिवेशनमा विभिन्न क्षेत्रका राजनैतिक तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति उल्लेखनीय रह्यो ।
महाधिवेशनले मेरो नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गर्दै संघको आगामी यात्राका लागि स्पष्ट दिशा तय गरेको छ ।
नव-निर्वाचित कार्यसमिति निम्नानुसार रहेका छन् :
— ICC सदस्य : महेश बजगाई

— अध्यक्ष : विपिन कुमार गुरुङ
— वरिष्ठ उपाध्यक्ष : जित बहादुर कुँवर
— उपाध्यक्षहरू : अवदेश कुमार चौरासिया, प्रशान्त राज बानियाँ, श्याम राज तिमल्सिना
— महासचिव : अजय सोडारी
— सचिवहरू : नरेश शर्मा, टार्जन राई
— कोषाध्यक्ष : यज्ञमान नायक
— सह-कोषाध्यक्ष : सुश्मा तामाङ
— युवा संयोजक (पुरुष) : अनन्त आचार्य
— युवा संयोजक (महिला) : रुक्मा बम
— सदस्यहरू : यम बहादुर खत्री, दीपेन्द्र रोकाया, प्रदीप तिमल्सिना, अजयकान्त कुशवाहा, संघर्ष लम्साल, खगेन्द्र जोशी
यो मास, यो उपस्थित र यो उत्साहले के प्रकट गर्दछ भने — हामी इमानदारी, विधि, पद्धति र संघको एकताको पक्षमा अग्रसर छौं ।
हाम्रो उद्देश्य अर्थहीन वा स्तरहीन विज्ञप्ति निकाल्दै हिँड्नु होइन, न त त्यो मार्ग अपनाउनु नै हो ।
हामी प्रवासमा रहेर देश र नेपाली समुदायका लागि आफ्नो क्षमता र समय अनुसार केही नयाँ, सृजनशील र योगदानमूलक कार्य गर्न चाहन्छौं ।
यस एकता महाधिवेशनलाई भव्य, सभ्य र उत्कृष्ट रूपमा सफल पार्न जुनसुकै तरिकाले सहयोग, सद्भाव र समर्थन प्रकट गर्नु भएका सबै मनहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।