Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

एक हप्तामा कोरियामा दुई नेपालीको दु:खद निधन ।

पछिल्लो समय नेपालीको आकर्षक गन्तव्य मुलुक बनेको दक्षिण कोरियामा एक हप्ताको अवधि भित्रमै दुइ नेपालीको दुःखद निधन हुन पुगेको छ।

गत जनवरी ११ तारिखका दिन सोक्छो स्थित क्युङ्दोङ युनिभर्सिटीमा अध्ययनरत २२ वर्षीय रोजिना पोख्रेलको उपचारको क्रममा अस्पतालमा दुखद निधन भएको हो। काभ्रे पनौती घर भई दुई वर्ष अघि ब्याचलर डिग्री अध्ययन का लागि विद्यार्थी भिसामा दक्षिण कोरिया प्रवेश गरेकी पोख्रेल लाई जनवरी ५ तारिखका दिन GangNeung Asan अस्पताल लगि भर्ना गरिएको थियो। अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरेता पनि हेपाटाइटिस र लिभर फेल भई उपचार सम्भव नभई जनवरी ११ तारिखका दिनमा उनको दुःखद निधन भएको थियो।

Trip
स्व. अप्सरा मादेन लिम्बू

आर्थिक सहयोग संकलन गरेकोमध्ये पाँचथर सेवा समाज दक्षिण कोरियाले १ करोड ५६ लाख वन भन्दा बढी संकलन गरेको र उक्त रकम मृतकको परिवारलाई हस्तान्तरण गर्ने समाजका अध्यक्ष रमेश लावतीले जानकारी दिनुभयो। मृतकको घरमा आमा एक्लो भएको र बुबा पनि बितिसकेको कारण घरको निकै नाजुक अवस्था हेरी समाजले सम्पूर्ण रकम परिवारलाइ हस्तान्तरण गर्ने बताउँदै दक्षिण कोरियामा रहेको विभिन्न संघसंस्था र व्यक्तिहरूले संकलन गरेको रकमसमेत यथाशीघ्र सम्पर्क गरी सम्बन्धित व्यक्तित्वलाई हस्तान्तरण गर्नका लागि संस्थाले अनुरोध समेत गरेको छ।
मृतकको शब नेपाल लानको लागि प्रोसेस भैरहेको र केहि दिनमै शब नेपाल पुर्याएर गृह थलो पाँचथरमै अन्तिम दाहसंस्कार गरिने श्रोतले जनाएको छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय