Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

ईपिएस मार्फत कोरिया जाने श्रमिकको हवाई भाडा घट्यो, सिधा उडान नभएर ट्रान्जिट मार्फत पठाउने

मिन बि क सौल दक्षिण कोरिया,

ईपिएस प्रणाली मार्फत दक्षिण कोरिया जाने नेपाली श्रमिकको हवाई भाडा घटेको ईपिएस कार्यालय ग्वार्कोले आधिकारिक सुचना निकालेर जानाकारे दिएको छ।
मिति २०८१ माघ ०६, ०७, ०८ र ०९ गते (तदनुसार २०२५ जनवरी १९, २०, २१ र २२) मा हुने हवाई उडानबाट दक्षिण कोरिया जाने कामदारहरुको लागि सुचना निकाल्दै भाडाडर कायम गरेको छ।
अहिलेको नयाँ भाडादर अनुसार  नेपाल देखि कोरिया पहिलो पटक जाने कामदारले ५४ हजर ९ सय ९२ रुपैयाँ कायम भएको छ। यस अगाडि कोरियन एअरमा उडाउदै आएकोमा यो पटक भने ट्रान्जिट मार्फत उडाउने कार्यालयले निर्णय गरेको छ।
यस अगाडी आउने कामदारले १ लाख ६० हजार सम्म बुझाउने गरेका थिए। यसको बिरोध संसद देखि सडकसम्म पटक पटक रुपमा हुने गरेको थियो ।
ट्रान्जिट उडान भई दक्षिण कोरिया जान प्रति कामदार प्रति टिकट भ्याट सहित नेपाली रकम रु ५४९९१.४५ (अक्षरुपी चौवन्य हजार नौ सय एकानब्बे पैसा पैतालीस मात्र) मुक्तानी गरी लिन सकिने छ ।

Trip

सुचना यस प्रकार रहेको छ।

 

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय