Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

सलनालको अबसरमा कोरियामा लाइभ दोहोरी साथमा नेपाली पन्चे बाजा पनि ।

सलनालको अवसर पारेर परियार समाज दक्षिण कोरियाले जनवरी २५ तारेख साँझ कोरियामा लाईभ दोहोरी गर्ने भएको छ । आपतकालिन राहतकोष स्थापना गर्ने उद्द्यश्ये राखेर परियार समाज दक्षिण कोरिद्धारा आयोजित कार्यक्रम छोङ्गाक स्थित दुर्गा रेष्टुरेन्टको हलमा हुन लागिरहेको हो ।

विसौनी सांगीतिक समूहको विशेष प्रस्तुति रहने कार्यक्रममा नेपाली पञ्चेबाजामा नाच्न पाईने साथै लोक दोहोरी तथा गजल, ¥याप सहित धमकेदार डान्स पर्फमेन्स पनि हुने बताईएको छ ।दोहोरी तर्फ गंगा लोहनी र देबेन्द्र काऊचा मगर र मानकाजी श्रेष्ठ रहेका छन् । त्यसैगरी बिरेन नेपाली तथा गोपिका नेपाको नृत्य देख्न पाईनेछ । साथमा बाग्लुङ्गे पाँडे र सुरेन्द्र बिसी ले पेट मिचि मिचि हँसाउनेछन् ।

उक्त कार्यक्रमलाई उपस्थिति भईदिनुहुनको लागी सम्पूर्ण कोरियावासी नेपालीहरुमाझ परियार समाज दक्षिण कोरियाका अध्यक्ष कमल बाछिटेले अनुरोध गरेका छन् ।
तपसिल :
मिति: 2020/1/25
समय:बेलुकी ८ बजे देखी ।
स्थान :  중각 액 को 4नम्बर गेट बाट 20 मीटर अगाडी दुर्गा रेस्टुरेन्ट

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय