सौल दक्षिण कोरिया
स्याङ्जा जिल्लाको एउटा निम्न मध्यम वर्गिय परिवारमा जन्मेर सोही ठाँउको श्रवण निम्न माध्यमिक बिद्यालयमा आफ्नो प्रारम्भिक शिक्षा हासिल गरेकी सृजना नेपाली आफ्नो पढाइ प्रतिको लगावलाई केयर नेपाल नामक संस्थाले छात्रावृत्तिका माध्यमबाट निरनतरता दिदै र उत्प्रेरित हुदै कलिलो उमेरमै राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गरेर आफ्नो जीवनको एउटा नेतृत्वदायी क्षमताको परिचय दिइसक्नु भएको थियो।
वन विज्ञानको अध्ययनको योजना बनाएकी नेपालीले प्रवेशिका परीक्षा पछि भने गणित मुल विषयमा प्लस टु उत्रिण गर्दै पत्रकारितामा स्नातक गर्न पुग्नु भयो। सानै उमेर देखि हकी र सहयोगी भावनाका कारणले विद्यार्थी राजनीतिमा छोटो समयमा नै केन्द्रिय राजनीतिमा दखल दिन सफल हुनु भएकी नेपाली युएनको जागिरमा समेत केहि समय विताएर बाह्य विश्वसँग साक्षतकार हुने अवसर पनि प्राप्त गर्नु भयो।
२०६२-६३को जनआन्दोलनमा विद्यार्थी राजनीतिको केन्द्र भागमा रहेर नेपालको राजनीतिक परिवर्तनमा योगदान पुर्याउनु भएकी नेपालीले परिवर्तन संस्थागत हुन लागेको लामो संक्रमण कालिन समयका कारणले विदेशिन पुग्नु भयो ।शुरुमा कृषि मजदुरका रुपमा दक्षिण कोरिया प्रवेश गर्नु भएकी वँहाले कोरियामै एक सफल महिला युवा व्यवसायिका रुपमा आफूलाई स्थापित गराउन सफल हुनु भयो । यतिलाई मात्र आफ्नो जीवनको सफलता मान्न तयार नभएर वहाँले आफूलाई सृजनात्कता तिर लैजादै विश्वमा सुपरिचित कोरियन सौन्दर्य शास्त्रको अध्ययन गर्दै यसलाई पनि आफ्नो व्यवसाय बनाउदै आउनु भएकी नेपालीले कोरियामा रहदा देश प्रतिको जिम्मेवारी बोध गर्दै सक्रिय राजनीति मार्फत समेत प्रवासाबाटै देशको सेवा गर्ने र रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको छ ।
२०२४ मा साकुरा हेर्न कहिले कहाँ जाने ? हेर्नुहोस पुरा भिडियो – YouTube
यसै सन्दर्भमा हाल वँहा पुसान विश्व विद्यालयमा प्राध्यापकको रुपमा नियुक्ति हुनु भएको छ । यसरि नेपालको एउटा सिमान्तकृत परिवारमा जन्मेकी छोरी विदेशको एउटा विश्व विद्यालयमा प्राध्यापन जस्तो महत्वपूर्ण जिम्मेवारीमा पुग्नुलाई चानचुने संघर्ष र साहस मान्न सकिदैन । अवका दिनमा आफ्नो पेशाका मार्फत नेपाली भाषालाई प्राध्यापनका माध्यमबाट अन्तराष्ट्रिय जगतमा परिचित गराउने मनोकाक्षा राख्नु भएकी सृजना नेपालीलाई सबै नेपाली र डायसपोराका नेपालिका तर्फबाट सफलताको हार्दिक शुभकामना।