Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

NRNA दक्षिण कोरियाको उपाध्यक्षमा हरि भट्टराईको उम्मेदवारी

सौल दक्षिण कोरिया

गैर आवासीय नेपाली संघ  दक्षिण कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि कोरियामा सक्रिय सामाजिक ब्यक्तित्व हरि प्रसाद भट्टराईले  उपाध्यक्ष पदको लागि उम्मेदवारी दिएका छन। कुनै पनि गुटबन्दीको पछि नलागी स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेका भट्टराईले एन आर एन लाई एक स्वतन्त्र संस्थाको झल्को दिने गरि काम मुख्य रहेको बताएका छन ।

विद्यार्थी भिषामा दक्षिण कोरिया आएका हरि भट्टराईले कोरियाको चर्चित विश्वविद्यालय बाट स्नातकोत्तर सम्मको अध्ययन गरेका छन  ।

कोरियामा बिगत 13 बर्षदेखी बसोबास गर्दै आएका हरि भट्टराईले हाल  कोरियाको छनबुक बैंक मार्फत बित्तिय सेवा प्रदान गर्दै आएका छन भने छनबुक बैंकमार्फत जोडिएर नेपालिहरुले गर्ने हरेक सामाजिक कार्यमा सहयोग पुर्याउदै आएका छन ।

कोरियामा पाँच स मार्फत दूतावासको सहयोगमा हुने गरेका सम्पुर्ण कार्यहरुमा सधैंव अग्र स्थानमा रहेर सहयोग गर्ने हरि भट्टराई दक्षिण कोरियाको आउँदै गरेको एन आर एन ए को अधिवेशनबाट उपाध्यक्ष भएर कोरियामा हुने गरेका र आफुले ग्र्न सक्ने थप सामाजिक कार्यमा लाग्ने बताएका छन ।

कोरियामा भाषागत समस्याका कारण उपचार गर्न वा भाषागत समस्याका कारण प्रशाशनिक काममा समस्या ब्यहोर्नु परेका नेपालीहरुलाई आफ्नै समस्या जस्तो ठानेर सहयोग गर्दै आएका हरि भट्टराईले एन आर एन ए मार्फत थप सहयोग गर्न सकिने वातावरण बनाउन सक्रिय हुने जिकिर गर्छन ।

१२ बुदे प्रतिबद्धताका साथ एन आर एन ए उपाध्यक्षको पदमा उम्मेदवारी दिएका भट्टराईले आफ्नो जितसंगै आफ्ना प्रतिबद्धताप्रती जिम्मेवार बनेर काम गर्ने प्रतिज्ञा गरेका छन । उनका प्रतिबद्धता हरु यश प्रकार रहेका छन ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय