Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

परदेशमा पनि कति निर्दयी व्यबहार ? कोरियामा साथीलाई पुलिस बोलाएर फिर्ता गरे नेपालीले ।

कोरियामा सामान्य विवादलाई लिएर आफ्नै साथीलाई प्रहरी लगाएर केही नेपालीहरुले फिर्ता गरिदिएका छन । सामान्य विवादको घटनालाई लिएर आपसमा रमाईलो गरेका साथीभाईहरुले आफ्नै साथीलाई फसाउने षड्यन्त्र गरेर यस्तो सम्म गरेका रहेछन सुन्दै पनि कति नमिठो लाग्ने ।

कोरियाको प्रहरीमा कार्यरत मुक्त गुरुङ्लाई राति ११ बजे तिर प्रहरी कार्यालयबाट फोन आएर प्रहरी चौकी पुग्दा त आफैले चिनिराखेको भाईलाई पो समातेर ल्याएको रहेछ । उनी झस्किए के भएको हो भनेर सोधपुछ गर्दै जादा घटना यस्तो रहेछ ।

कुरा गत शनिवार अप्रिल 29 बेलुकाको हो । एक जना सबिन नाम गरेकोले आफ्नो कोठा मा 7-8 जना साथिहरु जम्मा गरेर मिठो मसिनो बनाइ रमाईलो गरि हप्तान्त मनाउदै थियो । सोही क्रममा केहि कुरामा साथिहरु माझ सानो विवाद भयो । सानो कुरा लाइ इश्यु नगर्ने भनेर साथिहरुले नै आपसमा मिलेमतो गरेर शान्त बनाएर कोहि त्यही कोठामा सुते भने बाहिरबाट आएका साथीहरु फर्केर गएका थिए ।

तर बाहिरबाट आएका ४ जना साथीहरुले केहि बेरमा प्रहरी लिएर कोठामा आएर यिनिहरुले हामीलाई हातपात गर्यो भनेर उजुरि दिए । हामील्व बुझ्दा त्यहाँ चर्काचर्की भएको तर हातपात नभएको बुझियो । लिएर आएका प्रहरीलाई पनि त्यही अनुसार नै सम्झाएर पठाउनै लागेका थिए । प्रहरीले पनि सामान्य विवाद रहेछ आफुहरु मिल्नु एकै देशको मान्छेहरु टाढाबाट आएर मिलेर बस्नु पर्छ भन्दै फर्केको थियो।

j b bank सुवन बाट लोन लिन चाहनेहरुले हप्ताको सातै दिन सम्पर्क गर्न सक्नुहुनेछ । अनलाईन माध्यमबाट लोन सेवा दिनेछौं सम्पर्क 010-5017 – 8501

facebook

https://www.facebook.com/min.bishwo?mibextid=ZbWKwL

फर्किनै लागेको बेलामा यी चार जना मध्येको एक जनाले e-7 -4 भिषा बनाएको ,अलिक जान्ने सुन्ने बन्न खोज्ने , घमण्ड गर्ने अरुलाई हेप्ने कोरियामा मै हो जान्ने म जत्तिको जान्ने कोहि छैनन भन्ने प्रवृत्तिको रहेछ त्यसले सबिनलाई इंकित गर्दै यस्को भिषा छैन यो 불법 बसेको हो भनिदिएछ । प्रहरीले त्यो भाइ लाइ समातेर लग्यो ।

मुक्त गुरुङ्गले आफ्नो भनाई र ती ४ जनाको फोटो सहित यसरी लेखेका छन ।

अस्ति शनिवार april 29 को बेलुका एक जना भाइ Sabin Chokhal ले आफ्नो कोठा मा 7-8 जना साथिहरु जम्मा गरेर मिठो मसिनो बनाइ weekend मनाउदै थियो तर केहि कुरा मा साथिहरु माझ सानो विवाद भयो ।सानो कुरा लाइ इश्यु नगर्ने भनेर साथिहरु ले नै बिच बचाव गरेर शान्त पार्यो।तर केहि बेर मा यि फोटो भएका ४ जना ले प्रहरी बोलायो।र उनिहरु लाइ साथिहरु ले हातपात गर्यो भनेर उजुरि दियो जबकि त्यहा तेस्तो केहि पनि भएको थिएन्।प्रहरी ले पनि आपसी बिवाद भनेर केहि गर्न मानेन र फर्किन लाग्यो तर यि मान्छे हरु मध्य एक जना ले sabin लाइ इग्ङित गर्दै येस्को visa छैन यो 불법 हो भन्यो र प्रहरी ले त्यो भाइ लाइ समातेर लग्यो।मलाइ राति ११ बजे तिर खबर आयो र प्रहरी चौकी पुग्यो र त्यो भाइ लाइ भेटेर कुरा बुज्दा बिचरा को केहि गलती न भएको तर सङै को अरु साथिहरु मध्य बिवाद भएको र आफु ले बिच बचाव गरेको अरु सबैको visa भएको आफु मात्र बिना visa भएको, तैपनि आफ्नै कोठा मा यो बिवाद भएको र साथि हरु ले प्रहरी बोलाउला भनेर नचिताएको हुनाले बिच बचाव मात्र गरेको भन्यो।आफ्नै कोठा मा आएको साथिहरु लाइ आफैले खाना बनाएर खुवाएको र अन्त मा आफुलाइ नै घात गर्यो भनेर गुनासो गर्दै थियो।अब तपाइ हरु नै भन्नुस कि यि ४ जना ले राम्रो काम गर्यो कि नराम्रो? बिना visa बस्नु रहर होइन बाध्यता हो र अहिले visa को घमन्ड गर्नेहरु पनि पछि आफु पनि visa सकेपछि अवैधानिक हुन्छ भनेर हेक्क राख्नु ।प्रहरी बोलाएर आफ्नै साथि लाइ घात गर्ने महान नेपालि यिनीहरु हो।तालि कि गालि बिचार आ आफ्नो

मुक्त गुरुङको पोस्टबाट साभार

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय