Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

अत्याधिक बर्षाका कारण खोलियो सोयाङगाङ्ग बाँध प्रती सेकेन्ड 2500 टन पानी बाहिरियो

हान नदीको बाढी नियन्त्रणको  लागि बनाईएको सोयाङ्गगाङ बाँधमा पानीको बहाव अत्याधिक भएपछी दुई बर्षपछी बहाव नियन्त्रणको लागि पानीको गेटहरु खोलेर पानीलाई निकास गरिएको छ ।

कोरिया जलस्रोत संस्थानको सोयाङगाङ बाँध शाखाले ११ गते दिउँसो ३ बजे एकपछि अर्को गरी पाँचवटा स्लुइस गेट खोलेर जलासयको पानी बाहिर पठाएको  थियो ।  प्रतिसेकेण्ड ६०० टनबाट सुरु भएको सोयाङगाङ बाँधबाट पानी  निकासी अधिकतम  प्रतिसेकेन्ड २५०० टन सम्म पुगेको थियो  ।  यहाँ भएको पानीको अत्याधीक भार क्रमशः  बाहिर पठाउदा  १९ गते बेलुकी ४ बजेसम्म  नियन्त्रण हुनेछ ।

महानगरपालिका र ग्याङ्वोनदो लगायत मध्य क्षेत्रमा परेको अविरल वर्षाका कारण सोयाङगाङ बाँधको पानीको बहाव ८ गतेदेखि बढेको हो ।  पानीको सतह १९० दशमलव ३ मिटरमा सीमित रहेको सोयाङगाङ बाँधमा दिउँसो पानीको भण्डार १८९ मिटरभन्दा बढी पुगेको छ ।  पानीको बहाव बढेसंगै  बाँधका गेठरु  खोलिएको छ र पानीको स्तर  क्रमशः  घटेको छ।

यो भन्दा अगाडि सोयाङगाङ बाँधको  गेट खोल्ने कार्य  अगस्ट ५-१६, २०२० मा भएको थियो।  मध्य क्षेत्रमा भारी वर्षाको दोस्रो दिन ९ गते तय भएको फ्लडगेट खोल्ने कार्य हरेक दिन एक दिन स्थगित गरी यस दिन मात्र गरिएको हो । 

सोयाङ नदीको बाँधको निकासीले हान नदीको पानीको स्तरलाई असर गर्ने अपेक्षा गरिएको छ।  यश क्षेत्रका प्रभाव पार्न सक्ने स्थानीय  बासिन्दाहरूलाई सावधान रहन अलर्ट जारी गरेपछी गेट खोलेर पानीलाई निकासी दिन शुरु गरिएको थियो ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय