सौल दक्षिण कोरिया ,
दक्षिण कोरिया स्थित नेपाली राजदुतावास सउललेकोरियामा रहेका नेपालीहरुलाई मध्यनजर गर्दै मानसिक स्वास्थ्य सम्बन्धि खुला कार्यक्रम गर्ने भएको छ ।
कोरियामा बेलाबेलामा भइरहने दुर्घटना ,आत्महत्या ,मानसिक बिछिप्तताले निम्त्याउने अनेक किसिमका रोगहरुको न्यूनीकरणका निमित्त नेपाली दुतावासले समय समयमा नेपालमा रहेका बिज्ञ हरुलाई अनलाइन तथा भौतिक रुपमै उपस्थिति गराएर कार्यक्रम गर्ने गरेको छ ।
यी र यस्ता कार्यक्रमले गर्दा बढ्दो आत्महत्य धेरै हदसम्म रोकिएको बिगतका तथ्यांकहरुले पनि देखाउछ । दक्षिण कोरियामा कार्यस्थलमा हुने विभिन्न किसिमका जोखिमहरु तथा कोरियाको नियमहरु कामदारहरुलाई जानकारी दिन विभिन्न घुम्ती सेवा संचालन गर्दै आएको दूतावासले यो पटक शनिबार खुला स्वास्थ्य शिक्षा कार्यक्रम गर्ने भएको छ ।
यश कार्यक्रममा जोडिएर आफुलाई परेको कुनै पनि समस्या राख्न तथा मानसिक रुपमा हुने यावत प्रश्नहरु आफैले राख्न पाउनुहुने र कोरियामा भएका धेरै भन्दा धेरै नेपाली सहभागी हुने अपेक्षा श्रम सहचारी रमा भट्टराईले ब्यक्त गर्नुभेको छ ।