Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा नेपालबाट पनि मौसमी कामदार ल्याइने !

लामो समयदेखि कामदार अभाव खेप्दै आएको दक्षिण कोरियाले मौसमी कामदार ल्याउने भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत कामदार ल्याउँदा धेरै समय लाग्ने भएकोले छिटो र सरल तरिकाले मौसमी कामदारकुन देशबाट कति कामदार ल्याउने भन्ने संख्या नछुट्याए पनि अघिल्लो वर्ष तोकिएका कुल कामदारको संख्याभन्दा हालको दोब्बर हो । कोरियाले सन् २०२१ मा ५ हजार ३ सय ४३ जना कामदार ल्याउने कोटा तोकेको थियो । कोरियाभर मौसमी कामदारको माग छ । नौ वटा प्रान्तका ३ हजार ५ सय ७५ परिवार र ४४ वटा ठूला कम्पनीले विदेशी मौसमी कामदार मगाएका छन् ।

भित्र्याउन लागेको कोरियाली न्याय मन्त्रालयले जनाएको छ । मन्त्रालयले नेपाल, भियतनाम, थाइल्यान्ड र कम्बोडियाबाट यो वर्ष ११ हजार ५ सय ५० जना कामदार ल्याउन लागिएको जनाएको छ । कृषि र माछापालनमा काम गर्नेगरी ल्याउन लागिएका मौसमी कामदार तीन महिनादेखि पाँच महिनासम्म कोरिया बस्न पाउनेछन् ।यहाँको सबैभन्दा बढी खेती हुने प्रान्त खाङवान्दोले ३ हजार ५ सय ७४ जना मौसमी कामदार माग गरेको छ । सबैभन्दा कम जेजुदो प्रान्तले १ सय ३७ जना मौसमी कामदार माग गरेको छ ।यसरी ल्याइने कामदारलाई रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आएका विदेशी कामदारले नै पाउँदै आएको तलब सुविधा दिइने मन्त्रालयले जनाएको छ ।

अहिले कोरियामा कामदारले मासिक न्यूनतम तलब १९ लाख १४ हजार ४ सय ४० वन (नेपाली रुपैयाँ करिब १ लाख ९० हजार) प्राप्त गरिरहेका छन् ।ओभर टाइम र सार्वजानिक विदाको समयमा काम गर्दा अतिरिक्त भत्ता पाउने व्यवस्था भए पनि पाँच जना भन्दा कम कामदार भएका कृषि क्षेत्रका कामदारले न्युनतम तलबमै लामो अवधि काम गर्नुपर्ने बाध्यता छ ।यहाँ स्थानीय निकायसँगको सहकार्यमा आउने मौसमी कामदार कसरी कोरिया आउँछन् भन्ने पारदर्शी छनोट प्रक्रिया भने नभएको गुनासो हुने गरेको छ ।

यसअघि आएका धेरै मौसमी कामदार पनि कार्य अवधि सकिए स्वदेश नफर्कने बरुअवै’धानिक रुपमा बस्ने गरेको गुनासो छ । साथै कोरियाली सरकारले पनि मौसमी कामदारलाई तलब बाहेकका सेवा सुविधा नदिएको आ’रोप लाग्दै आएको छ । यहाँ एक वर्षभन्दा कम समय काम गर्ने कामदारलाई उपदान दिने व्यवस्था छैन । -यो समाचार डम्बरसिं राइले कान्तिपुरमा लेखेका छन ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय