Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरोनालाई मौसमी रुघाखोकीजस्तै मानेर अघि बढ्ने दक्षिण कोरियाको तयारी

दक्षिण कोरियामा पछिल्लो समय कोभिड-१९ बाट संक्रमित हुनेको दैनिक संख्या ह्वात्तै बढ्न थालेको छ ।कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्ट निकै तीव्र रुपमा फैलिँदा दैनिक संक्रमितको संख्या बढ्न थालेको हो ।हिजो हालसम्मकै धेरै अर्थात् ४९ हजार ५६७ जना नयाँ संक्रमित थपिएका थिए ।

हिजो दक्षिण कोरियामा ४९ हजार ५६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको एरिराङ समाचार माध्यमले जनाएको छ । फेब्रुअरीको अन्त्यतिर दैनिक एक लाख ३० हजार देखि एक लाख ७० हजारसम्म दैनिक संक्रमित थपिन सक्ने अधिकारीहरूले अनुमान गरेका छन् ।यसअघि दक्षिण कोरियाले पश्चिमी मुलुकको भन्दा प्रभावकारी रुपले कोभिड-१९ लाई नियन्त्रण गर्न सकेको थियो । तर, पछिल्लो समय ओमिक्रोनका कारण दैनिक संक्रमितको संख्या ह्वात्तै बढेसँगै स्वास्थ्य प्रणाली र प्रशासनिक स्रोतसाधन निष्प्रभावी बनेका छन् ।

यही कारण सरकारले बढ्दो संक्रमणबीच कोभिड-१९ लाई मौसमी रुघाखोकी जस्तै व्यवस्थापन गर्ने गरी हाल लागू गरिएका जनस्वास्थ्यका मापदण्ड एवं स्वास्थ्य प्रणाली फेर्ने तयारी गरेको छ । गत शुक्रबार केन्द्रीय विपद् तथा सुरक्षा प्रतिकार्य कार्यालयले स्वास्थ्य प्रणालीलाई समीक्षा गर्दै कोरोना भाइरसलाई मौसमी रुघाखोकी जस्तै मानेर व्यवस्थापन गर्ने संभावनाबारे छलफल गर्ने बताएको थियो ।स्वास्थ्य प्रणालीको क्षमता, गम्भीर अवस्थामा पुग्ने बिरामीको अन्तिमदर र मृत्युदर हेरेर प्रणालीमा फेरबदल गर्ने उक्त कार्यालयको भनाइ थियो ।

यसैबीच, क्वारेन्टाइन र दैनिक चेकअपका क्रममा जीपीएसमार्फत् गरिने अनुगमन अन्त्य हुने भएको छ ।ओमिक्रोनको तीव्र फैलावटका कारण कडा र समयमै कदम चाल्न असम्भव भएका कारण अबदेखि जीपीएस प्रयोग नहुने अधिकारीहरूले बताएका हुन् । तर, सामाजिक दूरी कायम गर्नुपर्ने नियम भने थप दुई हप्ता बढाइने छ । सरकारले आगामी दुई हप्ताको गम्भीर संक्रमण र मेडिकल प्रणालीमाथिको चाप हेरेर क्वारेन्टाइनमा बस्नु पर्ने नियम हटाइने र पुन: यसअघिका झैं ‘कोभिड-१९ सँगै बाँच्ने’ लागू गर्ने तयारी गरेको हो ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय