पर्देशी जिवन, कोरियाको बसाई साथि संगै एउटै कोठामा बसेको पनि ४ बर्ष १० महिना थाहै नपाई बितिसकेछ ।भोलिपल्ट हामी आफ्नो जन्मभूमि नेपाल फर्कने तयारीमा थियौ ,सबै लगेजहरुको तयरी सकियो सबै कामको थकान आफ्नो जन्मभूमि फर्किने खुशिले बिर्साएर त्यो माहोल अर्कै थियो ।साथि- दाई आजत अलिकति केही रमाइलो गर्नु पर्छ है अब साथिहरु संग अन्तिम बिदाई हो क्यारे ।
म उमेरमा अलि पाको भएकोले उसले मलाई दाइ भनी सम्बोधन गरेर बोलाउथो ,म भन्दा उमेरमा केही कम भएकोले मैले एल . पि भनेर बोलाउथे जहिले हाँसेर बोल्ने मिलनसार कहिले नरिसाउने स्वभावको उ ४ बर्ष १० संगै कोठामा बस्दा, कम्पनीमा पनि एउटै डिपार्टमा काम गर्दा एकचोटि पनि अमिथ्या वचन बोलेन । हाम्रो कम्पनिमा हामी नेपाली ७ जाना थियौ हामी तलको साथीहरुको कोठामा झरी बिदाई पाटिको आयोजना भयो , कसैले बियर ,कसैले (सोजु) रक्सि, पिए म र एउटा साथि चाहिँ नपिउने भएकोले जुस पिईयो , अलि अलि बियर खाएपछि दु:ख सुखका कुरा केही बिछोड र रमाइला कुरा हुन थाले यहि क्रममा एल.पि ले आफ्नो गुनासो दुखेसो सुनाए।म त नेपाल जाने बित्तिकै बिहे गर्ने हो ।पहिले कोरिया आउनु भन्दा अगाडि नै बिहे गरेर जानु भनेको मेरो ग्रलफ्रेनले , एक बर्षमा छुट्टी आउछु अनि बिहे गर्छु भनेर बाचाँ गरेर कोरिया आएको ! साहुले दुई दुई पटक बिहे गर्नु जान्छु भन्दानी छुट्टी नि दिएन , अहिले मेरो ग्रलफ्रेन रिसाकी छे म संग झगडा गरि ,मैले कमाएको ७०% पैसा उसैलाई जाम्म गर्न देको छु ! अचेल म संग बोल्दिन , मेरो फोन पनि उठाउदिन lउसको अँखा टिलपिलाए एकछिन सनाटा छायो , साथीहरु कोहि बोलेन मैले भने अब प्रतीक्षाको घडिसकियो अब जाने अनि बिहे गर्ने ।किन चिन्ता ? हुन पनी हो उ आएको १ बर्ष पछि सबै बिहेको लागि सिक्री ,औठि,अरु सुनका गहना किनेर साहु संग बिहे गर्न जाने छुट्टि मागेको साहुले अहिले हुन्न पछि जालास भन्यो , पछि फेरि ३०:२ बर्ष पछी फेरि छुट्टी कुरा गरे त्यो बेला पनि कम्पनी बि जि छ अहिले हुन्न भन्यो र यहि बेला कम्पनीमा झगडा गरेर कम्पनी छोड्ने पनि कुरा भयो फेरि पछि कम्पनीको साहु र डाइरेक्टर ले काम अलि कम भएपछी पठाउने भनी फकाएर मनाएर फेरि काम गर्न थाल्यो के गर्ने पर्देशी जीवन मालिकले जे भन्यो त्यहि मान्नु बहेक अरु विकल्प छैन न बिरामी हुन पाइन्छ , न निन्द्रा लाग्यो भन्न पाईन्छ , न मेरो यस्तो समस्या परो भन्न पाईन्छ ,न त थाके भन्न नै पाईन्छ। बिदेशी भुमिमा, उसको दु:ख पिडा हामीले बुझेका थियौं हामी के नै गर्न सकिन्थ्यो र हामी पनि कामदार न हौ! यतिकैमा ४ बर्ष १० महिना बित्यो ।
एल पि अहिले अलि कुल भै समालिसकेको थियो उ फेरि बोल्न थाल्यो , ल साथिहरु राम्रो संग बस्नु राम्रो काम गर्नुहोस यदि मैले जानी नजानी केही गल्ती गरेको भए माफ गर्नु ,दाइ र म भोलि नेपाल जादै छौ , राजु दाइ तपाई चाहिँ नेपाल गएपछी मेरो बिहे खाएर मात्र घर जाने हुन्छ? यत्रो बर्ष संगै बसियो तपाई त मेरो दाइ जस्तै हो । मैले उसको कुरालाई नकार्न सकिन मैले हुन्छ भन्ने बाचा गरे।हामी भोलिपल्ट बिहानै १० बजे ईन्छन यरपोर्ट पुगेयौ कोरियाको समय १:४५ को उडान थियो, जाहाज उडयो जाहाज भित्र तिता-मिठा कुरा गर्दै जाहाजको सिटमा रहेको टि भि मा फिल्म ,कमेडी हेर्दै ५:४५ घन्टा कति चाडै बितिसकेछ म प्लेनको झ्यालबाट बाहिर नियाल्दै थिए झ्यालबाट नेपालको रमणीय दृश्य डाडाँ काडाँ, जङ्गल ,स-साना घरहरु देखिन थाले मान उमंगले भरियो बर्षौ पछि आफ्नो जन्म भुमी देख्दा खुशिको सिमा थिएन । हामी नेपालको समय ३:५५ मा अन्तरास्ट्रिय त्रिभुवन विमान स्थलमा ल्यान्ड भयौ मेरो घर सोलुखुम्बु र साथिको घर चितवन भएको ले त्यो दिन घर पुग्ने कुरै भएन हामी मेरो दिदी को कोठा तिर लाग्यौ , भोलिपल्ट बिहानै साथिको घर हुँदै म सोलु घर जाने टुङ्गो भयो , हामी बिहनै नयाँ बसपार्क बाट माईक्रो चढी चितवन तिर लाग्यौ साथिको घर चितवन बसपार्क बाट पनि माथी रहेछ । हामी चितवन बसपार्क बाट टयक्सी चढेर साथिको घर पुग्यौं ,चितवनको शिबनगर साथी आउने गाउँमा हल्ला भैसकेको रहेछ ,साडे २ तल्ले पक्की घर ,घरमा ६,७ जाना मान्छे जम्मा भएका थिए , हामी झोला लिएर घरको आँगन तिर लाग्यौं साथिको खुशिको सिमा थिएन उसको हाउभाउ ले त्यो झल्काउदै थियो lसाथिले परै बाट सबैजाना लाई नमस्ते भने सबैले नमस्ते भन्दै आईपुगिस बाबू भन्न थाले साथिले बुवा ढोग गरे भनेर बुवा र आमा लाई ढोगे र अंकमाल गरे र मलाई देखाउदै उहाँ चाहिँ हामी सङै एउटै कम्पनीमा सङै बस्ने दाइ भनेर चिनाए मैले पनि सबै जाना लाई नमस्ते गरे ।
माथी बाट एउटा दाई ले ल यो कोरियान लाहुरे त मोटाएर आएछ , एल पि हो र दाइ ? भन्दै उ अरुनै केही नियालेर हेर्दै थियो ! त्यति नै बेला दुईजाना एउटा कुर्था लाएकी र एउटा पाईन्ट लाएकी केटि आँगन तिर आउदै थिए एल पि उनिहरु तिर नजर लगाउन लाग्यो, मेरो पापी मन न हो ! मन मनै सोचे यहि २ मध्ये एक होलि यसको ग्रलफ्रेड उनिहरु नजिक आएर एल पि दाइ नमस्ते हजुर आईपुग्नु भयो भने एल पि ले नमस्ते भन्दै सोध्ये खोइ त अष्मी आईन अनु ??? केटिहरुले केही बोलेनन् घोसे मुन्टो लाएर बसे र यतिकैमा उनिहरुले एउटा चिट्ठी निकालेर एल पि को हातमा थमाए अष्मिले हजुरलाई दिनु भनेकि छे ! यति भनेर उनिहरु आँखा भरी आसु बनाउदै सरासर फर्के ! एल पि एकछिन अकमकाए उनको अनुहार मलिन बन्यो र पत्र खोले ! पत्र भित्र एउटा एल पि को नाममा लेखिएको बैंकको चेक पनि साथै थियो, अष्मिले एल पि लाई लेखेकी पत्रको सार यस्तो थियो।प्रीय एल पि हिजो मात्र मेरो हात माग्न कोहि मान्छे मेरो घर आएछन मेरो आमाले हिजो राती म संग कुरा गर्नु भयो मैले यो प्रस्ताव लाई ईन्कार गरे तिमि ३ महिना पछि नेपाल आउने कुरा ममि लाई बताए म उहिसंग बिहे गर्ने र म उसैलाई माया गर्ने आमालाई जिद्दी गरि सुनाए तर आमा यो कुरामा सहमत हुनु भएन तलाई बिहे गर्ने भए १ बर्षमा आउछु भनेको अहिले सम्म आएन न त्यो संग तेरो जात नै मिल्छ ,भोलिबेलुकि अन्तिम कुरा छिन्न आउदै छन ! आमाले रिसाउदै मेरो सिरमा हात राखेर कसम खादै भन्नू भयो यदि मैले भनेको मानिनस र त्यस्तो खान्दान को आफ्नै जातको त्यो पनि अष्ट्रेलियाको पि आर भएको केटाको बिहेको प्रस्ताव लाई अस्वीकार गरिस भने छोरी तैले मेरो लास देख्ने छस ! बिहे गरेर संगै अष्ट्रेलिया लिएर जान्छ रे बिचर गरेस यो मेरो अन्तिम निर्णय हो, यति भनेर आमा बहिर निष्कनु भयो !म माथि के बज्रापाता आईलाग्यो , आज मलाई किन किन आफ्नै जन्म दिने आमा शत्रु झै लाग्दै छ मामु हजुर साच्चिकै मलाई माया गर्नु त हुन्छ ???
म खुशी रहेको देख्न त चाहानु हुन्छ ??? मामु म अष्ट्रेलियाको पि आर ले धन सम्पतिले मैले कहिले नदेखेको , नचिनेको आफ्नै जातको केटा भन्दा मैले बर्षौ देखि भित्री हृदय बाट चिनेकी मेरो दु:ख सुखमा साथ दिने एल पि संगै खुशी हुने थिए मामु भनेर म चिच्याएर रोए !म भित्रै बसेर तिमिलाई सम्झेर बेस्सरि रोए सोचे यो जीवन यहि अन्त गर्छु भनेर! सलको पासो बनाएर,……….गरे, फेरि बाबाको दु:ख लाई सम्झे ,सा-साना भाइ र बहिनिलाई सम्झे म फेरि रोकिए म मर्न पनि त सकिन l
रातभरी छट्पटीए हामी संगै अविरल बगिरहने नारायणी नदिको किनारमा बसेर पिपलको पातमा अष्मी+एल पि आई लप यु लेखेर नारायणीमा बगाएर हाम्रो माया सधै यसरी नै बगि रहोस चली रहोस् जसरी अविरल नारायणी बगेझै भनी गरेको हाम्रो बाचालाई सम्झे ,तिमि कोरिया जानू भन्दा २ दिन अघि मात्र सौराहा घुम्न जादा त्यो आकश ,धर्ती ,बन जङ्गल ती रुखहरु लाई साक्षी राखेर ठुलो स्वरमा आई लप यु अष्मी भनेको कुरा लाई सम्झे ,तिमी ले मेरो पढाईमा गरेको त्यति ठूलो सहायता मेरो स-सानो कुराको ख्याल गर्ने ती तिम्रा प्रेमिला बानी लाई सम्झे र तिमिले पठाएको उपहार निकाले नियालेर हेरे ! यति धेरै माया गर्ने मान्छेलाई छोडेर जाँदै छु ! सदाको निम्ति टाढा मेरो परिवारको खुशिको निम्ति बिरानो ठाउँ बिरानो मान्छेलाई आफ्नो बनाउदैछु म फेरि भकानिए ,फूल्नै लागेको मायालाई बिचैमा निमोटदैछु म ! तिमी कोरिया जाने दिन तिम्रो अंगालोमा म धेरै रोएकी थिए त्यो बेला तिम्ले मलाई भनेको थियौं धत लाटी यति कम्जोर हुनुहुन्न! मलाई थाहा छ यति बेला चिठ्ठा पढ्दै तिमी पनि रुदै छौ हेर केटा मान्छे भएर यति कम्जोर हुनुहुन्न ! मलाई माफगर है l
तिमी त मलाई बुज्छौ नि!!! आफ्नो धेरै ख्याल गर तिमी अलि अलि चिसो लग्दा पनि बिरामी हुन्छौ तिमिलाई चाडै खोकिले सताउछ नेपालमा पनि तातो पानी खाने गर है ! एल पि मलाई बुझ मलाई दु:ख गरेर हुर्काउने बाबा को खुशी खोसिनु भन्दा, मेरा ती अबोध स-साना भाइ र बहिनिको खुशी खोसिनु भन्दा मेरै माया लाई तिलान्जली दिए ………..!
तिम्रो पनि त केही गल्ती छ नि २ चोटि सम्म बिहेगर्नु आउछु भनी मलाई झुठो बोलेउ सायद त्यो बेला तिमी आएको भए हाम्रो मायाले सार्थकता पाउने थियो होला , हाम्रो सपनाको महल बनाउने योजना तिमी ,म संगै तिम्रो सहयात्री भएर पूरा गर्न त सकिन तर तिमिले आफ्नो पसिना बगार ,दु:ख गरेर कमाएर पठाएको पैसा मैले समालेर राखिदिएकी छु ७३ लाख ७० हजार यसको चेक तिम्रो नाममा यसै पत्र संगै छाडेकी छु अनु लाई त्यो लिनु ७३ लाख तिमिले मासिक जम्मा गर्नु पठाएको र ७० हजार चाहिँ तिमिले मलाई केहि किन्न भनि पठाएको पैसा थोरै थोरै जम्म गरि बचाएर राखेकि थिए ।हामिले संगै बुनेको सपनाको महल जस्तै घर बनाउनु , मैले जस्तै माया गर्नु ! तिम्ले मेरो जन्म दिनमा दिएको तिम्रो नामको L अल्फाबेट भएको सिक्री र तिम्ले पठाएको आई फोन लिएर गएकि छु तिम्रो यादमा बाच्ने आधार मनलाई समाल्ने सगालिएका तस्बिर हेरि जिउने कोशिस गर्ने छु। मलाई सम्झी कहिले नरुनु !
यो जुनिमा त म तिम्रो हुन सकिन अर्को जुनिमा तिम्रै हुने छु ,सदा भगवान संग यहि प्रार्थना गर्ने छु। यो पनि कामना गर्ने छु मेरो देश यस्तो बनोस् हरेक नेपाली लाई आफ्नै देशमा रोजगार सृजना होस कोहि पनि नेपाली बिदेशी भुमिमा गएर तिम्रो र मेरो जस्तै बिछोडको पिडाले छुटनु नपरोस् , कोहि पनि नेपाली आफ्नो परिवार संग बिछोडको पिडामा तडपी तडपी बाच्नु नपरोस् कसैको घरबार नटुटोस, आन्तमा एल पि पर शिवनगरको डाँडामा तिम्रो र मेरो मायाको सम्झनामा बर र पिपल रोप्नु थाकेका बाटो हिड्ने बटुवाहरु त्यही बर पिपल को छाहरीमा बसि सुस्कुराउन ,कयौं प्रेमका पुजारी युगल जोडीहरु त्यही शितलमा बसि माया र प्रीतिका कुरा गर्दै मुस्कुराउन , रङ्गीबिरङ्गि चराहरुका जोडि त्यही बर पिपलको हाँगामा बसि माया र प्रीतका गित गाउन ,म पनि फेरि फर्की यहि बाटो आएछु भने त्यही बर पिपललाई हेरि तिम्रो मेरो प्रेम अमर रहेछ भनी सम्झनेछु ,त्यही बरपिपलको फेदमा घुडा टेकि भगवान संग अर्को जुनिमा तिमिलाई नै माग्ने छु lआजलाई मेरा शब्दहरु यहि बन्द गर्दछु । आई लप यु -एल पि उहीँ तिम्लाई सदा सदा सदा माया गर्ने” अष्मी ” पत्र पढदै गर्दा एल पि को अँखा निरन्तर रसाई रहेका थिए ! पत्र पढी सके पछि एल पि दुबै हातले टाउको समाउदै चिच्याउनु लाग्यो अष्मी तिम्ले यो के गरेउ ?
म नि शब्द थिए म सम्झाउने सक्ने अवस्थामा थिएन म साथिको बिहे खान आको यहाँ बसिरहन सकिन साथिको पिडा देखेर म सुटुक्क आफ्नो झोला बोकि आफ्नो गाउँ सोलुखुम्बु लागे । म आज फेरि कोरिया फर्की सके .मेरो साथी एल पि के गर्दै होला यहि मेरो मानसपटलमा घुमी रहेछ ।
राजु राई अध्यक्षसोलुखुम्बु सेवा समाज दक्षिण कोरिया from himal sandeah