Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

दशैंको दिनमा कोरियामा औद्योगिक दुर्घटनामा परेका एक नेपालीको मृत्यु

 रोजगारीको सिलसिलामा दक्षिण कोरियामा बिगत ८ बर्षदेखि रहेका पर्वत भुजुङ्गका शिव हरि पौडेलको औद्योगिक दुर्घटनामा परि ज्यान गएको छ ।
 कोरियाको थेजन शहर स्थित एक फर्निचर कम्पनिमा कार्यरत उनी काम गर्ने क्रममा  दशैको दिनमा अर्थात अक्टोबर १५ तारेखको दिनमा भर्याङ्गबाट लडेका उनलाई टाउकोमा गम्भीर चोट लागेर  शक्त घाइते भएका थिए । उनलाई अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो  तर होस खुल्न भने सकेन । अस्पतालले उनलाई अक्टोबर २४ तारेखमा मृत घोषणा गरेका थियो । दुर्घटनामा परेर मृत्यु भएको तथा उनको शव नेपाल लैजानको लागि समेत प्रक्रिया अगाडि बढिसकेको कोरियास्थित नेपाली राजदुतावासकि श्रम सहचारी रमा भट्टराईले हेल्लोकोरियानेपाललाई जानकारी दिनुभएको थियो ।
पहिलो कार्यकाल पूरा गरेर कमिटेड कामदारको रुपमा उनी कोरिया २०१८ मा आएका थिए ।
उनी लडेको भर्याङ्ग यहि हो ।
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय