Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

याे वर्ष पाँच हजार जना कोरिया जाँदै, भाषा परीक्षा पनि हुने

सन् २०२१ मा पनि भाषा परीक्षा हुने भएको छ । कोरिया रोजगारीको लागि भाषा परीक्षाको तयारी गर्दै गरेको ईपीएस कोरिया शाखाका निर्देशक इन्द्र गौतमले भाषा परिक्षाकाे तयारी भैरहेको र कन्फम परिक्षा हुने बताए ।“कहिले भाषा परीक्षा गर्ने भनेर मिति तोकिसकेका छैनौँ ।

पूर्वाधारको काम सकेपछि भाषा परीक्षा हुन्छ,” उनले भने, “कोरियन पक्षले नै २०२१ मा परीक्षा गर्ने मनसाय देखाएकोले प्रक्रिया अगाडि बढाइएको हो ।” यो वर्ष ‘पेपरलेस’ परीक्षाको तयारी भएकाे पनि ईपीएस कोरिया शाखाका निर्देशक गौतमले बताएरोजगारीका लागि प्रक्रिया पुरा गरेका तर जान नपाएका नेपाली दक्षिण काेरिया पठाउन नेपालले त्यहाँको श्रम मन्त्रालयसँग समन्वय गरिरहेको पनि ईपीएस स्राेतले बताएको छ ।

कम्बोडिया लगायतका देशबाट केही श्रमिक कोरिया गए पनि त्यो ‘ट्रायल’को रूपमा लगिएको छ । नेपालबाट पनि कोरिया जानको लागि तयार भएकाहरुलाई छिट्टै लैजाने तयारी रहेको इपिएस शाखाले बताएको छ ।कोरियाको रोग नियन्त्रण महाशाखाले नेपाललाई उच्च जोखिममा राखेका कारण अझै नेपालबाट कामदार पठाउन नसकिएको निर्देशक गौतमले बताए ।

यो वर्ष कोरिया जानको लागि पाँच हजारको हाराहारीमा नेपाली युवाहरु सबै प्रक्रिया सकेर बसेका छन् । ‘रोस्टर’मा १० हजारको नाम भए पनि यो वर्ष पाँच हजारजना मात्र जान पाउने उनले जानकारी दिए ।गौतमका अनुसार कोरियन भाषा परीक्षा पास गर्दैमा कोरिया जान पाइन्छ भन्ने ग्यारेन्टी हुँदैन ।

प्रतीक्षा सूची (रोस्टर)मा नाम चढेर लेबर कन्ट्रयाक्ट आएपछि मात्र जान पाइने हुन्छ । भाषा परीक्षा पास गरेको दुई वर्षसम्म रोस्टरबाट नाम हट्दैन ।बाह्रखरी

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय