Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

अबदेखि बिदेशी कामदारहरुलाई फिनिल हाउसमा बसोबासको लागी राख्न नपाउने, भिषा थप्न नपाउन सक्ने

मिन बि क दक्षिण कोरिया ,
रोजगार र श्रम मन्त्रालयले रोजगार अनुमति प्रणाली अन्तर्गत काम गर्न आउने विदेशी कामदारहरूलाई फिनिल हाउस प्रदान गर्न अनुमति नदिने निर्णय गरेको छ।
श्रम मन्त्रालयको अनुसार श्रमका लागि कोरिया प्रवेश गरेका रोजगार अनुमति प्रणाली अन्तर्गत न्याय मन्त्रालयका मौसमी मजदुरहरू लगायत कोरियामा सबै विदेशी कामदारहरू फिनिल हाउसमा बस्न पाउने छैनन्।

श्रम मन्त्रालयका एक अधिकारीलका अनुसार-“यहि फेब्रुवरी १७ तारिक देखि कुनै पनि फिनिल हाउस प्रयोग गर्न पाउने छैनन्। मानव अधिकार समूहको लगातार आलोचनाको कारण यस बर्षदेखि फिनिल हाउसहरुको बासस्थानको रूपमा प्रतिबन्ध गर्ने निर्णय गरेका छौं। ”

अहिलेसम्म, ठुला फिनिल हाउसहरुलाई अस्थायी आवासलाई आवासको रूपमा अनुमति दिइएको थियो ।

श्रम मन्त्रालयका एक अधिकारीलका अनुसार – “हामीले अस्थायी भवनहरूमा बसोबासको लागी अनुमति दिने गर्ने निर्णय गरेका छैनौं तरपनि यदि कसैले त्यस्तो प्रकारको घरमा बासस्थान गराएको रिपोर्ट गर्यो भने आवासको रूपमा सम्पन्न भए नभएको निरीक्षण गरिनेछ। त्यस्तो गरेको पाईएमा रोजगार दातालाई नयाँ कामदार ल्याउनको लागी प्रतिबन्द गरिनुको साथै दण्डित पनि गरिने कुरामा जोड दिए “।

हाललाई कोरोना भाईरसको कारण नयाँ श्रमीकहरु ल्याएको छैन। ३ बर्ष पुरा भई १ वर्ष १० महिना भिषा थप गर्नुपर्ने कामदारहरुको हकमा यो नियम लागी लागु गेरिनेछ। अहिले कोरियामा काम गर्ने ६० हजार श्रमिकको १ वर्ष १० महिना भिसा थप गर्नुपर्ने छ भने यी सम्पूर्ण रोजगारदाता हरुलाई यो नियम लागु गरिनेछ।

यद्यपि अहिले कोरियाभरी करिब दुई हजार जति फिनिल हाउसहरु छन्। यिनीहरुलाई एकै पटकमा बिस्थापित गर्न नसकिने र केहि समय लाग्ने हुनाले रोजगारिदाता हरुसंग सहमति गर्नुपर्ने बाध्याता रहेको अधिकारीले बताए।

रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियामा करिब २ लाख ५० हजार जति कामदारहरु रहेका छन् जसम्म मुख्यतया थाईल्यान्ड, कम्बोडिया, भियतनाम तथा चीनका कामदारहरु कृषि, माछा मार्ने र पशुपालनमा काम गर्ने गर्छन।

यसरी प्रवेश गर्ने बिदेशी कामदारहरु रोजगारदाताले उपलब्ध गराएको घरहरु, संयुक्त होस्टेलहरु ,कण्टेनरहरु लगायत फिनिल हाउसहरुमा बसोबास गर्दै आईरहेका छन।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय