Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा कोरोना बिरुद्धको भ्याक्सिन ३ करोड डोज भित्र्याइने

दक्षिण कोरियामा कोरोना माहामारी बिरुद्धको खोप ल्याउने तयारी तीब्र रुपमा अगाडी बढाइएको छ ।दक्षिण कोरियाका स्वास्थ्य मन्त्री पार्क निउङ्गोका अनुसार हाल सरकारले ३ करोड बढी डोज भ्याक्सिन दक्षिण कोरिया भित्र्याउने तयारी गरिरहेको छ ।

प्रमुख प्रतिपक्षि दल पिपल पावर पार्टीले राखेको प्रश्नको जवाफ दिदै मन्त्री पार्कका अनुसार हाल सरकारले औषधी उत्पादक कम्पनिहरुसँगै छुट्टा छुट्टै कुरा गरिरहेको तथा उनीहरुसँग औषधी ल्याउने बारे सहमति हुनै लागेको छ ।हाल दुईवटा अमेरिकी औषधी उत्पादक कम्पनिहरु मोड्रेना तथा फिजरसँग सरकार सहमति नजिक पुगेको छ ।

सोमबार मात्र मोड्रेनाले आफ्नो खोप ९४.५ प्रतिशत प्रभावकारी रहेको बताएको थियो भने फिजरले समेत आफ्नो कम्पनिले उत्पादन गरेको खोप ९० प्रतिशत बढी प्रभावकारी भएको बताएको थियो ।दक्षिण कोरियाली सरकारले कम्तिमा पनि देशको जनसंख्याको करिव ६० प्रतिशत जनसंख्यालाई भ्याक्सीन लगाउने योजना अघि ल्याएको छ ।कोभ्याक्स सँगको सहकार्यमा करिव १ करोड डोज भ्याक्सिन लिइने तथा कम्पनिसँग सिधै कुरा गरेर बाँकी दुई करोड डोज भ्याक्सिन लिइने मन्त्रालयले बताएको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय