Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

स्याङ्जा परिवार थेगु शाखाले नेपाली चाडहरुको आगमनको स्वागतम् सँगै भलिवल प्रतियोगिता गर्दै

स्याङ्जा परिवार दक्षिण कोरिया थेगु शाखाले यही आउँदो अगस्त ३० तारिक भलिबल प्रतियोगिता गर्ने भएको छ । “स्वस्थ जीवनका लागि खेल” भन्ने मुल नाराका साथ नेपाली चाडहरुको आगमनको सुरुवातमा भलिबल प्रतियोगिता गरेर नेपाली मौलिक चाडहरुलाई स्वागत गर्ने भएको छ ।

लामो समय सम्म कोभिड -१९ कोरोनाको कारणले अन्य कुनै पनि कार्यक्रमहरु गर्न नसकी रहेको अवस्थामा अहिले केही सहज अवस्था देखिएकोले मौलिक चाडहरुको आगमनको अवसर पारेर समग्र नेपाली समुदाय तथा साथीभाइहरुको सौहार्दपूर्ण भेटघाट र मिलन होस् भन्ने हेतुले सबैको आकर्षणको खेल भलिबल प्रतियोगितात्मक रुपमा खेलाउन खोजिएको कुरा खेल संयोजक श्री डिलेन्द्र मगरले बताउनु भएको छ ।

यसका बाबजुत समग्र कोरिया भरी रहनु भएका सम्पूर्ण खेलाडी साथीहरुलाई समेट्ने ईच्छा हुँदा हुँदै पनि कोरोनाको असरकै कारणले अहिलेको अवस्थामा थेगु एरिया र आसपासको क्षेत्र बाहेक अन्य क्षेत्रका खेलाडिहरुलाई समेट्न नसकिने वाध्यत्मक अवस्था रहेको दुखेसो पनि उहाँले गर्नु भएको छ ।

आगामी दिनहरुमा कोरोनाको प्रभाव र अन्य कुराहरु सहज भएको अवस्थामा सबैलाई समेट्ने कोशीस पनि गरिने उहाँको कुरामा समर्थन जनाउँदै कार्यक्रम संयोजक तथा आयोजक सँस्थाका निबर्तमान अध्यक्ष तथा बर्तमान बरिष्ठ सल्लहाकार बिरेन्द्र नौभाग्य ज्युले अहिलेको अवस्थामा सबै जनाले परिस्थितीको सही मुल्याङ्कन गर्दै हामीले चालेको कदमलाई सकारात्मक रुपमा लिईदिनुहुन आग्रह गर्नु भएको छ ।

स्थानिय प्रशासन तथा स्थानिय नगरपलिका दुबैको अनुमति लिएर सुरक्षित तरिकाले खेल खेलाउन लागेको सँस्थाका बरिष्ठ उपाध्यक्ष मित्र मगरले बताउनु भएको छ । खेल थेगु नजिकै कुजीको भलिबल खेल मैदानमा खेलाउने कुरा पनि जानकारी गराईेएको छ । खेल टि टि प्रणालीमा नै खेलाईने छ ।

बिजेतालाई नगद पुरस्कार सहित कप, मेडल र प्रमाण पत्र प्रदान गरिने जनाईेएको छ । प्रतियोगिता भब्य रुपमा सम्पन्न गर्नको लागि थेगु आसपासमा रहेका सेल्टर,संघ संस्थाहरु एबम् नजिकै रहेका हाम्रा हितैषी संस्था परोपकार समाज कुजी बाट विशेष साथ सहयोग, सहभागिता हुने कुरोमा हामी विश्वस्त छौं। र यो क्षेत्रमा रहेका अन्य संघ संस्था तथा बुद्दिजिवी र खेल प्रेमिहरुलाई प्रतियोगिता सफल पार्नको लागि सहयोग गरिदिनु हुन पनि आयोजक सँस्थाको तर्फ बाट अनुरोध गरिएको छ । थेगु र यस आसपासको क्षेत्रमा रहनु हुने सम्पूर्ण खेलाडीहरुलाई प्रतियोगितामा सहभागीता जनाउन तथा खेल प्रेमी महानुभावहरुलाई खेल मैदानमा उपस्थित भएर खेलाडिहरुलाई हौसला प्रदान गरिदिनुहुन स्याङ्जा परिवार थेगु शाख दक्षिण कोरिया हार्दिक अनुरोध गर्द्छ

यही २३ अगष्ट २०२० मा थेगु स्थित ……………………………मा खेलतालिका (टाईसिट) सार्वजनिक गरिने संस्थाका बरिष्ट सल्लाहकार साथै निवर्तमान अध्यक्ष बिरेन्द्र कुमार नौभाग्य जानकारी दिदै सम्बन्धित टीमका टीम क्याप्टेन वा प्रतिनिधि लाई अनिवार्य उपस्थिति को लागि आग्रह गरेका छन् ।

विविध सोधपुछ र जानकारीका लागी सम्पर्क :
रमेश मश्राङ्गी राना :010-6405-8789
बीरेन्द्र नौभाग्य : 01O59320601
विष्णु वाग्ले : 01068264730
डिलेन्द्र मगर : 010
मित्र मगर : 010-5832-370

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय