सौल दक्षिण कोरिया ,
कोभिड -१९ का कारण कोरियामा अलपत्र परेका नेपालीलाई उद्दार गर्न नेपाल एअरलायन्स कोरिया आउने भएको छ। कोरियाबाट पहिलो उडान जुन २१ अर्थात असार ७ मा हुनेछ । नेपाल सरकारले कोरोनाको कारण विभिन्न ३० देशमा अलपत्र परेका २४ हजार १४८ जना नेपालीलाई घर फर्काउने निश्चित भएपछी कोरियाबाट उद्दार गर्नुपर्ने ९७२ जनाको सुची नेपाली राजदुतावास सिओलले नेपाल सरकारलाई पठाएको थियो ।
सरकारले तोकेको प्राथमिकताको आधारमा कोरियाबाट उद्दार गर्ने कोरिया स्थित नेपाली राजदुतावासले जनाएको छ। सरकारले तोकेको १५ ओटा प्राथमिकता भन्नाले आममाफी पाएका, भिसाको अवधि सकिएका, घरफिर्ती केन्द्रमा रहेका, घर फर्कन चेक आउट पाइसकेका, आफन्त गुमाएर काजकिरियाका लागि फर्कन पर्ने, रोजगारी गुमाएका, कोरोनाबाहेक अन्य समस्यामा रहेका, बालबालिका ज्येष्ठ नागरिक, महिला, बिरामी, परिवारलाई भेट्न गएका तर कोरोनाको कारण फर्कन नपाएका, अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत नेपाली तर नेपाल फर्कन पर्ने अवस्थामा रहेकालाई प्राथमिकतामा राखेको छ ।यस्तै पर्यटन भिसामा, बिजनेश भिसामा गएर उतै रोकिएका, अध्ययन लगायतका सिलसिलामा गएका सरकारी कर्मचारी, कलेज बन्द भएर फर्कन पर्ने विद्यार्थीलाई पनि प्राथमिकतामा राखेको छ।
कोरियामा नेपाल एअर लायन्सले अवतरण अनुमति नलिएको हल्ला बजारमा चलिरहेको र सरकारले कोरियामा रहेका नेपालीलाई झुट बोलेको भन्ने बिषय सामाजिक संजालमा आईरहेको छ यो सत्य वा झुट के हो भन्ने प्रश्नमा , नेपाली राजदुतावास सिओलका एक कर्मचारीले भनेका छन् कि ,”यो कुनै एक व्यक्ति वा संस्थाको निर्णयले आउन लागेको एअरलायन्स नभएर नेपाल सरकारको मन्त्रीपरिषदको आधिकारीक निर्णय भएको हुनाले नेपाल सरकार र कोरियाली सरकार समक्ष हुने सम्झौताका आधारमा नेपाल एअरलायन्स कोरिया आउने र कोरियामा अलपत्र परेका नेपालीलाई उद्दार गर्नेछ। ”
जुन १६ तारिक कोरियन एअर नेपाल खाली जादैछ भन्ने सुन्नमा आएको छ त्यसैमा अलपत्र नेपालीलाइ कोरियन एअरमा पठाउदा हुँदैन थियो ? भनेर हामीले सोधेकोमा -” कोरियन एअर कसले नेपाल लैजादै छ भन्ने हामीलाई पनि औपचारीक रुपमा जानकारी नआएको सत्य हो। नेपालको लागी कोरियाको चार्टर्ड उडान गरेको संस्था सम्पर्कमा नआएकोले हामीलाई सजिलो होस् भन्ने हेतुले हामीले परराष्ट्रमा आधिकारिक रुपमा पत्र पनि पठाएको थियौं तर हामीले नेपालीलाई पठाउने प्रक्रिया नै नगरेको भने होइन हामीले कोरियन एअरमा यहाँ अलपत्र परेका नेपालीलाई पठाउन पाएको भए दुतावासको काम पनि कम हुने थियो। हामीलाई पनि सजिलो हुने थियो। संयोगबस जुन दिनमा हामीले पत्र पठायौं त्यहि दिनमा नेपाल सरकारले आफ्ना नागरिकलाई कोरियाबाट उद्दार गर्न नेपाल एअरलायन्सको प्रयोग गर्ने निर्णय गर्यो।
हामी ढुक्क छौं कोरियामा अलपत्र परेका नेपालीहरुलाई नेपाल सरकारले नेपाल एअरलायन्समा नै नेपाल लैजान्छ। कोहि कसैको भ्रममा नपर्नुहुनको लागी दुतावासले आग्रह समेत गरेको छ।
दुतावासको आधिकारीक सुचंना हेर्नुहोस