Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

क्वारेन्टाईन नियम उल्लङ्घन गर्ने एक विदेशी श्रमिकलाई कोरियाले देश निकाला गर्यो !

गुरुदत्त न्यौपाने / सउल

कोरोना महामारी नियन्त्रणका लागी कोरिया सरकारले जारी गरेको अन्तरास्ट्रिय उडान बाट कोरिया आउने यात्रुलाई अनिवार्य १४ दिनको क्वारेन्टाईन बस्नुपर्ने बाध्यात्मक नियमको उल्लङ्घन गरेको आरोपमा एकजना ईन्डोनेशियाली नागरिकलाई कोरियाले देश निकाला गरेको छ।

२० बर्षिय उनलाई दक्षिण कोरियाको थेगु पुलिस ले क्वारेन्टाईन नियम उल्लङ्घन गरेको आरोपमा पक्राउ गरेको हो।कोरोना भाईरसको प्रकोप पछाडी क्वारेन्टाईन तथा कोरिया सरकारले जारी गरेका विभिन्न नियम उल्लङ्घन गर्ने ६० जना विदेशी नागरिकलाई न्याय मन्त्रालय अन्तर्गतको अध्यागमन विभागले यसअघि देश निकाला गरिसकेको छ।

थेगु पुलिसका अनुसार गत मे ३० तारिखमा मा ईन्डोनेशिया बाट ईन्छन अन्तरास्ट्रिय विमानस्थल आएका उनी त्यहाँको ईमिग्रेशनलाई २ हप्ता गिम्पो मा आईसोलेसनमा बस्ने कागजात पेश गरेर एएरपोर्ट पास गरेका थिय तर उनी एयरपोर्ट बाटै आफु बस्ने भनेको गिम्पोको क्वारेन्टाईन स्थल नगई सिधा ट्याक्सीमा चढेर थेगु तिर गएका थिय।

एयरपोर्ट पुलिसले उनले भनेको स्थानमा नगई अर्कै स्थानमा गएको थाहा पाएपछी उनलाई सर्भेलेन्स क्यामेरा (सिसिटिभी) फुटेज मार्फत ट्याक्सी पत्ता लगाई ट्याक्सी चालकलाई फोन गरी उक्त व्याक्तीलाई पुन; एयरपोर्ट ल्याउन आग्रह गरेको थियो।

उक्त व्याक्ती आफु पक्राउ पर्ने थाहा पाएपछी ट्याक्सीबाट भागेको ट्याक्सी चालकले बताए।ततपश्चात पुलिसले उक्त व्याक्ती भागेको स्थानदेखी व्यापक खोजी गरेर उत्तरी थेगुमा फेला पारेको थियो।

दक्षिण कोरियाले गत अप्रिल १ तारिखदेखी अन्तरास्ट्रिय उडान भरेर आउने हरेक नगरिकले १४ दिनको सेल्फ आईसोलेसन बस्नैपर्ने बाध्यात्मक नियम लागु गरेको थियो।उक्त नियम उल्लङ्घन गर्नेलाई एकबर्ष जेल अथवा १० लाख ( करिब ८३४३ अमेरिकी डलर ) जरिवाना गर्ने साथै देश निकाला सहित भिषा रद्द गर्ने बताएको छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय