Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

सुदूरपश्चिम समाज दक्षिण कोरियाको अध्यक्षमा दिपेन्द्र रोकाया,२९ सदस्यीय नयाँ कार्यसमिति गठन, एकताको नयाँ सन्देश

दक्षिण कोरिया, जनवरी ३०-

सुदूरपश्चिम समाज दक्षिण कोरियाले दीपेन्द्र बहादुर रोकायाको अध्यक्षतामा २९ सदस्यीय १९औँ कार्यसमिति गठन गरेको छ। समाजसेवा र एकताको भावनालाई मजबुत बनाउँदै अघि बढ्ने प्रतिबद्धतासाथ नयाँ नेतृत्वले जिम्मेवारी सम्हालेको हो।

संस्थाको विधान र सदस्यहरूको सहमतिका आधारमा गठन गरिएको नयाँ कार्यसमितिले सुदूरपश्चिमका सबै जिल्लाहरूको प्रतिनिधित्व सुनिश्चित गरेको छ।

नयाँ नेतृत्वले समाजसेवा, सामाजिक एकता र प्रवासी नेपालीहरूको हित संरक्षणमा केन्द्रित भएर काम गर्ने जनाएको छ।

**नयाँ कार्यसमितिको संरचना:

– अध्यक्ष: दीपेन्द्र बहादुर रोकाया –

वरिष्ठ उपाध्यक्ष: डम्बर न्यौपाने

– उपाध्यक्षहरू: कमल बिष्ट, नवराज तिमिल्सेना, दिपु रावल

– महासचिव: सुरेन गिरी

Trip

– सचिवहरू: गणेश राज जोशी, ललित लोथ्याल

– महिला सचिव: रुक्मा बम

– कोषाध्यक्ष: टेक बहादुर थापा

– सह-कोषाध्यक्ष: पुस्कर नायक

**जिल्ला संयोजकहरू:** – दार्चुला: बिडी भट्ट ,- बाजुरा: ओम प्रकाश पाण्डे ,- बझाङ: दशरथ कुवर ,- कैलाली: गौरव रावल ,- कन्चनपुर: राजाराम जोसी ,- डोटी: रमेश भण्डारी ,- डडेलधुरा: सन्तोष भट्ट ,- अछाम: नरेश न्यौपाने, – बैतडी: आदित्य भण्डारी ,

**सदस्यहरू:** कृष्ण भण्डारी, झलक बिष्ट, इन्द्र राज गिरी, संकर भट्ट, सुन्दर सिंह साउद, लाल बहादुर बडाल, राज न्यौपाने, रमेश सिंह र महेश बोहरा नयाँ कार्यसमितिमा सदस्यका रूपमा रहेका छन्।

 

**समाजसेवामा केन्द्रित रहने प्रतिबद्धता** नयाँ नेतृत्वले संस्थालाई राजनीतिक प्रभावबाट मुक्त राखी विशुद्ध समाजसेवामा केन्द्रित गराउने प्रतिबद्धता व्यक्त गरेको छ। दक्षिण कोरियामा रहेका सुदूरपश्चिमेली समुदायको सेवा, सहयोग र एकतालाई प्राथमिकता दिने कार्यसमितिको मूल नीति रहेको छ।

सुदूरपश्चिम समाज दक्षिण कोरियामा नेतृत्व चयन र कार्यसमिति गठनलाई लिएर विवाद झनै चर्किँदै गएको छ। पछिल्लो समय संस्थाभित्र राजनीतिक लविङ, एकपक्षीय निर्णय र विधान विपरीत गतिविधि भएको आरोपसहित असन्तुष्ट पक्षले दिपेन्द्र रोकायाको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको घोषणा गरेको छ।

असन्तुष्ट पक्षले सार्वजनिक गरेको विज्ञप्तिमा समाजसेवाको नाममा खोलिएका संस्थाहरूले कुनै राजनीतिक पार्टीको भातृ संगठन बनेर होइन, विशुद्ध समाजसेवामा केन्द्रित हुनुपर्ने उल्लेख गरिएको छ। विगतदेखि नै संस्थाभित्र देखिँदै आएका कुटनीति, वादविवाद र एकपक्षीय निर्णयको विरोध गर्दै सहमतिमै छलफल भइरहेको अवस्थामा समानान्तर रूपमा बाहिर निकालिएकोप्रति गम्भीर आपत्ति जनाइएको छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय