Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

५३०० युवाहरूका लागि दक्षिण कोरियामा रोजगारीको ढोका खुल्दै, यो पटक कडा टक्कर हुने।

EPS-TOPIK 2025 परीक्षाका लागि आवेदन खुला!

काठमाडौं, २०८२ चैत्र – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०२५ को प्रथम चरणको कोरियन भाषा परीक्षा (EPS-TOPIK, 2025) का लागि आवेदन फाराम भर्ने सम्बन्धी महत्वपूर्ण सूचना जारी गरेको छ।

यो परीक्षाले हजारौं नेपाली युवाहरूको दक्षिण कोरियामा काम गर्ने सपनालाई साकार पार्ने अवसर प्रदान गर्नेछ।दक्षिण कोरियाको लागी यो पटक अत्यत्न थोरै संख्यामा अनुमानित उत्तीर्ण संख्या भएकोले कडा प्रतिस्पर्धा हुने देखिएको छ।

🎯 उत्तीर्ण हुने संख्या:

  • कुल: ५,३०० जना
  • उत्पादनमूलक क्षेत्र: ३,५०० जना
  • कृषि तथा पशुपालन क्षेत्र: १,८०० जना

💰 परीक्षा शुल्क:

अमेरिकी डलर २८ (US$ 28) – नेपाल राष्ट्र बैंकको विनिमय दर अनुसार नेपाली रुपैयाँमा अनलाइन भुक्तानी


📚 परीक्षा संरचना र प्रणाली:

UBT (Ubiquitous Based Test, Tablet) मार्फत अनलाइन सञ्चालन

⏰ परीक्षा ढाँचा:

विषय प्रश्न संख्या समय पूर्णांक
पढाई (Reading) २० २५ मिनेट १००
सुनाई (Listening) २० २५ मिनेट १००
जम्मा ४० ५० मिनेट २००

विशेषता: Multiple Choice प्रश्नहरू, मध्यान्तर बिना लगातार परीक्षा


🏭 रोजगारीका क्षेत्रहरू:

उत्पादनमूलक क्षेत्र:

कृषि तथा पशुपालन क्षेत्र:

  • Agriculture (कृषि)
  • Livestock (पशुपालन)

महत्वपूर्ण: एक व्यक्तिले एउटै क्षेत्रमा मात्र आवेदन दिन सक्नेछ।


Trip

📋 आवेदन प्रक्रिया:

चरणबद्ध प्रक्रिया:

  1. प्रथम चरण: कोरियन भाषा परीक्षा (EPS-TOPIK)
  2. दोस्रो चरण: Skill Test र Competency Test
  3. अन्तिम चरण: Job Application Form

📅 वैधता अवधि:

परीक्षाको नतिजा २ वर्षसम्म मान्य हुनेछ।


🌐 महत्वपूर्ण जानकारी:

🔗 अनलाइन सुविधा:

  • वेबसाइट: www.eps.go.kr
  • परीक्षाको नतिजा र प्राप्तांक यहाँ हेर्न सकिनेछ

📄 आवश्यक कागजातहरू:

  • प्रवेश पत्रको रंगीन प्रति
  • मूल राहदानी

⚠️ महत्वपूर्ण सचेतना:

“कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नु कोरियामा रोजगारीको सुनिश्चितता होइन।”

📞 थप जानकारी:

वैदेशिक रोजगार विभाग
EPS शाखा, ललितपुर

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय