कोरियामा सन् 2019 को डिसेम्बरमा कम्पनी दुर्घटनामा परी हातमा लागेको गंभीर चोट र त्यसको उपचारका क्रममा स्वास्थ्यमा अन्य जटिल समस्या आएपछि हालसम्म पनि निको नभई उपचाररत् रहेकी नेपाली चेली झुमा लामिछाने(रिया) को सहयोगार्थ गत हप्ताबाट सुरु गरिएको आर्थिक सङ्कलन अभियान 2025 आजबाट बन्द गरिएको छ।
सो अभियानका अभियन्ताहरूका अनुसार निज रिया लामिछानेको लागि यसअघि पनि पटक पटक सहयोग जुटाइएको हुँदा यसपटक पनि सहयोगका लागि तोकिएको खातामा स्वेच्छिक सहयोग रकम आउने क्रम रोकिएको र कोरियाको नेपाली समुदायका माझ अरु पनि सहयोग गर्नु पर्ने पिडीतहरू रहेकाले अभियान लामो समयसम्म चलाइराख्दा अन्य अभियान चलाउन समस्या हुने देखिएकाले बन्द गरिएको हो। “अभियानमा जोडिई मलाई सहयोग गर्नुहुने सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु।” विरामी रीया लामिछानेले भन्नु भएको छ।
आफ्नो सुनौलो भविष्य कोर्न अनेकौं सपना र रहर बोकेर कोरिया आएकी झापाकी नेपाली चेली ) सन् 2019 को डिसेम्बर 6 मा कम्पनी दुर्घटनाबाट औँला गुमाएकी उनी नशाको समस्या, कुहिना फुटी हात नचल्ने, मुटु रोग, आँखाको रोग, डिप्रेसन लगायतका समस्याबाट पिडीत छिन्। लामो समयको उपचारका कारण ठूलो रकम खर्च भैसकेको र अझै पनि उपचार जारी रहेकाले आर्थिक अभावका कारणले थप उपचार गराउने कुनै पनि विकल्प नरहेपछि वहाँले आफ्नो जीवन रक्षाका लागि यहाँको नेपाली समुदाय माझ सक्दो सहयोगका लागि याचना गर्नुभएको थियो। त्यस क्रममा वहाँसंगको भिडियो कुराकानी एवं सहयोग वहाँकै खातामा आउने गरी स्ट्याटस समेत सामाजिक संजालमा राखिएको थियो।