Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

कोरियाको सरकारले सलनालको अघिल्लो दिन जनवरी 27 तारिकलाई सार्वजनिक बिदा दिने

दक्षिण कोरियाको सरकारले सलनालको अघिल्लो दिन जनवरी 27 तारिकलाई सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

अगाडि शनिबार र आईतवार पछाडी लगातार 3 दिन बिदा परेको हुनाले नागरिकलाई सरकारको ध्यान सकारात्मक बनाउन सम्बोधन गरिएको बताएको छ ।

अहिले कोरियामा  सरकारको व्यापक बिरोध भएको बेलामा सरकारप्रती सकारात्मक भावना पैदा हुन्छ कि भन्ने भावाना भएको हुनसक्ने कोरियाली सन्चार माध्यमले जनाएका छ ।

Trip

यसो गर्दा  जनवरी  25 गते शनिबारदेखि 30 गते बिहीबारसम्म लगातार छ दिनसम्म आराम गर्न सकिनेछ ।

८ गते बिहान राष्ट्रिय सभामा बसेको ‘आकस्मिक आर्थिक स्थायित्वका लागि उच्चस्तरीय पार्टी–सरकार परिषद्’ मार्फत जनशक्ति पार्टी र सरकारले यस्तो घोषणा गरेको हो ।

जनशक्ति पार्टीको नीति समितिका अध्यक्ष किम साङ–हुनले पार्टी–सरकार परिषद् पूरा गरेपछि ब्रिफिङमा भने, ‘पार्टी र सरकार आन्तरिक अर्थतन्त्रको प्रवद्र्धन र पर्यटनलाई पुनरुत्थान गर्न जनवरी २७, २०२५ लाई अस्थायी सार्वजनिक बिदा दिने सहमति भएको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय