राजु श्री । कोरिया
कोरियाले मानबिय सुरक्षा प्रणाली लाई पहिलो प्रथामिकतामा राखेर काम गर्ने गर्दछ । यद्यपि कोरिया पूर्णतः औद्योगिक मुलुक भएकोले सामान्यतया दुर्घटना र मानबिय क्षति हरु भने भैरहने मुलुक अन्तर्गत नै पर्दछ ।
पछिल्लो १० बर्षको ईतिहासलाइ हेर्ने हो भने कोरियाले ठुला- ठुला मानबिय क्षति सहितका दुर्घटना हरु बेहोरेको छ । जस मध्य सन् २०१४ अप्रील १६ तारिक का दिन जेजु टापुमा शैक्षिक भ्रमण गर्न गएका विद्यार्थी हरु बोकेको ‘सेबल’ नामक पानी जहाज दुर्घटना भएको थियो । उक्त दुर्घटनामा ३०४ जना विद्यार्थी हरुको मृत्यु भएको थियो । यो घटनालाइ कोरियाले असाध्यै ठुलो राष्ट्रिय शोक को रुपमा लिने गर्दछ ।
त्यस्तै सन् २०१८ जनवरी २६ मा मिर्याङ स्थित एक अस्पतालमा आगलागी हुदा ४१ जना बिरामीहरुको मृत्युु भएको थियो । उक्त आगलागीमा केही चिकित्सक हरु पनि परेका थिए । यो घटना लाई पनि कोरियाले ठूलो घटनाको रुपमा लिने गरेको छ ।
त्यस्तै सन् २०२० अप्रिल २९ तारिक का दिन इन्छन स्थित एक अन्डर ग्राउन्ड कन्ट्रक्सनमा विद्युत सर्ट हुदा त्यहा काम गरिरहेका ३९ जना मजदुर हरुको घटनास्थल मै मृत्युु भएको थियो ।
त्यस्तै २०२२ अक्टोबर २९ तारिकका दिन राजधानी सौल को इथेवन नामक शहर मा ‘हलोइन उत्सब’ मनाउन लाखौको संख्यामा युवा युबती हरु जम्मा भएका थिए । असाध्यै ठूलो रहेको उक्त भिड बाट बाहिर निस्कन नसक्दा एक आपसमा निस्सासिएर केही घन्टा भित्रै १५६ जना को मृत्युु भएको थिएको भने अरु हजारौ घाइते भएका थिए । यो घटनालाइ कोरियाले ठूलो र अप्रत्याशित घटनाको रुपमा लिएको छ । हाल उक्त ‘ हलोइन उत्सब ‘ नामक कार्यक्रम लाई बन्द गरिएको छ ।
- हिजो अर्थात् सन २०२४ डिसेम्बर २९ तारिक का दिन मुआन अन्तरास्ट्रिय बिमानस्थलमा जेजु एअर को प्लेन दुर्घटना हुदा १७९ जनाको मृत्युु पुष्टि भैसकेको छ भने जिबित उद्दार गरिएका २ जना को अबस्था पनि गम्भीर रहेको जनाइएको छ । उक्त दुर्घटना को छानबिन हुँदै गरेको बताइएको छ ।