Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

एमालेले भीम रावललाई साधारण सदस्यबाट हटायो, विन्दा पाण्डे उषाकिरण तिमल्सेनालाई निलम्बन

नेकपा एमालेले पार्टीका तीन जनालाई कारबाही गर्ने निर्णय गरेको छ।

बुधबार बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई ६ महिना पार्टीको जिम्मेवारीबाट हटाएको छ भने पूर्व उपाध्यक्ष भीम रावललाई साधारण सदस्य समेत नरहने गरी पदमुक्त गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए।

Trip

पाण्डे र तिम्सेनाले नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरूङबाट जग्गा दान लिएर पार्टी कार्यालय बनाउने विषयमा असहमति राखेका थिए। सोही कारण पार्टीले उनीहरूलाई स्पष्टीकरण सोधेको थियो। उनीहरूको जबाफ चित्तबुझ्दो नभएपछि उनीहरूलाई कारबाही गरिएको हो।

यस्तै, पूर्वउपाध्यक्ष रावलले लामो समयदेखि पार्टीको नीतिसँग असहमति राखेर आफ्ना विचार प्रकट गरिरहेको थिए।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय