मिन बि क,दक्षिण कोरिया
सउल महानगरपालिकाले विदेशी नागरीकहरुलाइ बस चालकको रुपमा दक्षिण कोरिया ल्याउने प्रस्ताव कोरिया सरकारले अस्वीकृत गरिदिएको छ ।
सउल महानगरपालिकाले ग्रामिण क्षेत्रमा बस चालक अभावको समस्या समाधान गर्न केन्द्रीय सरकार समक्ष विदेशी नागरीकहरुलाइ भिषा प्रदान गरि बस चालकको रुपमा कोरिया भित्र्याउने प्रस्ताव श्रम तथा रोजगार मन्त्रालयसंग गरेको थियो ।
मन्त्रालयले हाल विद्यमान रोजगार कानुन ,यातायात क्षेत्रको लाइसेन्सको प्रमाणीकरणको तथा भाषा दक्षता लगायत कारण देखाउँदै तत्कालको लागी यो बिषय सम्भव नरहेको बताएको हो ।सवारी चालकको पेशाका अवलम्बन गर्नको लागी कोरियन भाषाको दक्षता उच्च हुनुपर्ने, यात्रुहरुसंग राम्रोसँग बोल्न सक्ने , कोरियामा चलाईन नेभी एपहरु चलाउन तथा बसको सिस्टम पनि बुझ्नुपर्ने हुन्छ।
यी सबैलाई मध्यनजर गर्दा भर्खरै कोरिया प्रवेश गर्ने विदेशीले बस चालकको रुपमा काम गर्न नसक्ने मन्त्रालयको तर्क रहेको छ ।यसको अन्य विकल्पको खोजि गर्दै कोरियामा रहेका बिदेशीहरु लाई भिसा प्रदान गरेर यातायात क्षेत्रमा प्रवेश गराउन सकिने बारेमा छलफल भने भइरहेको कोरियाका संचार माध्यमहरुमा समाचार रहेको छ।