मिन बि क सौल दक्षिण कोरिया ,
नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको पाँचौं अधिवेशन केन्द्रिय अध्यक्ष रामकाजी कोनेको उपस्थितिमा अनलाईनको माध्यमबाट सम्पन्न भएको छ। पाँचौं अधिवेशनले छैटौं कार्यसमितिको अध्यक्षमा निर्दोष शिवलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।
प्रमुख अतिथिको रुपमा नेपाल मुक्तक प्रतिष्ठान केन्दका अध्यक्ष रामकाजी कोनेको उपस्थिति रहेको कार्यक्रममा प्रकाश पाठकले स्वागत मन्तब्य राख्नुभएको थियो भने दिपक राज बन्जाडेले संस्थाको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो।
निर्वाचन मण्डलमा रामचन्द्र शर्म,लोकराज शर्मा, बिष्णु वाग्ले रहनुभएकोमा रामचन्द्र शर्माले संयोजकको भूमिका निर्वाह गर्दै २४ सदस्यीय कार्यसमिति चयन गरेको निर्वाचन संयोजक रामचन्द्र शर्माले जानकारी दिनुभयो।
नव निर्वाचित कार्यसमिति यस प्रकार रहेको छ।