सौल दक्षिण कोरिया मिन बि क
स्याङ्जा परिवार दक्षिण कोरियाले ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ। यहि डिसेम्बर २९ तारिकका दिनमा ख्यांगीदोको ह्वासङ ओसानमा प्रतियोगिता हुन लागेको स्याङ्जा परिवार दक्षिण कोरियाका अध्यक्ष सुशील गुरुङ्गले जानकारी दिनुभयो।
सामाजिक तथा सांस्कृतिक क्रियाकलापमा अग्रणी संस्था स्याङ्जा परिवारले बिगतमा विभिन्न खेलको आयोजना गर्ने गरेको भएपनि ब्याडमिन्टन प्रतियोगिता भने पहिलो पटक गर्न लागेको हो।
पुरुषहरुले भाग लिन पाउने यस प्रतियोगितामा खेलाडीहरुको लेभल अनुसार ३ लेभलका खेलहरु (A ,B ,C ) हुनेछन भने एक समुहमा दुई जना हुनुपर्नेछ। प्रतियोगिताको लागी डिसेम्बर २२ तारिकसम्म दर्ता गर्न पाईनेछ भने दर्ता शुल्क ८० हजार वोन रहेको छ।
प्रतियोगीतामा ३ वटै लेभलका खेलहरु (A ,B ,C ) बाट प्रथम,द्वित्तीय ,तृतीय ,हुनेले मेडल, ट्रफी र प्रमाणपत्रका साथमा क्रमश : ४ लाख वोन, २ लाख ५० हजार वन र १ लाख ५० हजार वनको नगद पुरस्कारको ब्यबस्था गरिएको छ।
प्रतियोगीता सम्बन्धी थप जानकारी
प्रतियोगीता हुने मिति : 2024 Dec 29 (sunday)
टिम दर्ताको अन्तिम मिति: 2024 Dec 22 , 12 PM
टिम दर्ता शुल्क : 80,000 won
टिम दर्ताको लागी :
बैंक: Keb Hana Bank
अकाउन्ट नम्बर : 26191068477807
अकाउन्ट वालाको नाम : Rana Jhaman Sing
सम्पर्क नम्बर : 010-8237-2156
पुरस्कारहरु लेभल (A ,B ,C ) सबै बाट क्रमश :
प्रथम : 4,00,000 वोन नगद ,मेडल , ट्रफी र प्रमाणपत्र
द्वित्तीय: 2,50,000 वोन नगद , मेडल ,ट्रफी र प्रमाणपत्र
तृतीय :1.50,000 वोन नगद , मेडल र प्रमाणपत्र
प्रतियोगिता सम्बन्धी थप जानकारीको लागी :
शुशिल गुरुङ : 010-3030-9029
टोजिन्द्र गुरुङ :010-2961-9220
अरुण प्रताप खांड :010-9862-8342