Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

७ जनाको ज्यान जाने गरि आगलागी भएको पुछनको एक होटेलका संचालक सहित दुई जनालाई फौजदारी मुद्दा

७ जनाको ज्यान जाने गरि आगलागी भएको पुछनको एक होटेलका संचालक सहित दुई जनालाई अनुसन्धानमा खटिएको प्रहरीले फौजदारी मुद्दा दर्ता गरेको छ।
ख्योंगी प्रहरीका अनुसार होटल मालिक पुरुष, ४०बर्षका ,४० बर्षिय अर्का पुरुष, र अर्का एक ४० बर्षिय पुरुष बिरुद्द व्यवसायिक लापरवाहीका कारण ज्यान गएको आरोपमा मुद्दा दर्ता गरेको छ। होटलका मालिकलाई हिरासतमा नराखिएको तर देश छाड्न प्रतिबन्ध लगाएको हो ।

होटलमा भएको आगलागीलाई रोक्न र प्रतिक्रिया दिन लापरवाही गरेको आरोप लगाइएको छ, जसको परिणाममा होटलमा बस्न आएकाहरुको मृत्यु भएको र चोटपटक चोटपटक लागेको थियो। आगलागीमा सात जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय